
रामप्रसाद पौडेल, हैदराबाद (भारत) ।।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्यदक्षिण क्षेत्रीय समितिको छैटौँ क्षेत्रीय सम्मेलन हैदरावादमा सम्पन्न भएको छ ।
जुलाई १६, २०२२ शनिबारदेखि उद्घाटन र बन्दशत्र सम्पन्न भई जुलाई १७ आइतबार सम्मेलनको घोषणासभा सम्पन्न भएको हो ।
घोषणासभालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुभएको थियो।
सम्बोधनको क्रममा उहाँले मूल प्रवाहमा लागेका नेपाली मजदुरले सामाजिक काम मात्रै होइन, देशभित्र चल्ने जनतान्त्रिक आन्दोलनमा प्रत्यक्ष रूपमा सरिक भै त्यसको नेतृत्वसमेत गर्न सक्ने नेताहरू उत्पादन गरेको बताउनुभयो ।
‘देशको तरल राजनीतिक अवस्थामा शासकहरूले छिमेकीले जबर्जस्ती बोकाइदिएको सङ्घीयताको भारीले राष्ट्रियतामाथिको खतरा झन् खतरा बढ्दै गइरहेको छ’ उहाँले भन्नुभयो ।
सम्बोधनको क्रममा उहाँले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूको प्रतिगमनकारी भूमिका रहिरहेकै बेला वामपन्थी शक्तिबाट पनि अहिलेको गणतन्त्रमाथि हमला भइरहेको उहाँले बताउनुभयो ।
‘बुर्जुवा व्यवस्था भए पनि हामीले विरोध गर्न, आलोचना गर्न, विचार राख्न त हामीले पाएका छौँ नि’ उहाँले अगाडि भन्नुभयो– ‘हिजोको पञ्चायती राजतन्त्रात्मक व्यवस्थाको तुलनामा यो व्यवस्था प्रगतिशील भएकाले हामीले यसको समर्थन गरेको हो ।’
अध्यक्ष केसीले अब नेपालको चुनाव सर्वसाधारणले जित्नै नसकिने भइसकेको बताउनुभयो । ‘जसले पैसाको खोलो बगाउन सक्छ, चुनाव उसैको पोल्टामा पर्छ’ उहाँको भनाइ थियो ।
सम्मेलनको घोषणासभामा वामपन्थी नेता आनन्द शर्मा, मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय समितिका भीमबहादुर थापा, फूलबिना पौडेल, कृष्णबहादुर थापा, रनबहादुर पौडेल, भाकपा (माले) रेडस्टारका सैदुलु, नेपाली जनसम्पर्क समितिका तीर्थ कुँवर, प्रवासी नेपाली जनसमाजका प्रेम बजगाई, प्रवासी नेपाली एकता मञ्चका भीमबहादुर थापालगायतका अतिथिहरूले बधाई मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन तिलक रानाले गर्नुभएको थियो भने अध्यक्षता रतन सिंहले गर्नुभएको थियो । गीतसङ्गीतबाट स्वागत रक्तिम परिवार मध्यदक्षिणका कलाकारले गरेपछि शब्दबाट रामप्रसाद पौडेलले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा केही समयपहिला निधन हुन पुगेका भूतपूर्व क्षेत्रीय अध्यक्ष प्रेम केसीकी पत्नीलाई फूलबिना पौडेलले सल ओढाएर तथा क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले स्मृतिचिह्न प्रदान गरिएको थियो ।
मूलप्रवाह का केन्द्रीय सदस्य भीम बहादुर थापाले घोषणा गर्नु भएको मध्य दक्षीण भारत क्षेत्रिय समिति को नवनिर्वाचित समिति रामप्रसाद पौडयाल को अध्यक्षतामा २५ पुर्ण ८ बैकल्पिक र ८ सल्लाहकार गरि ४१ सदस्यीय समिति रहेको छ।
जस्मा उपाध्यक्ष रुपलाल जिएम – नागपुर, सचिव तिलक राना – मध्य हैदरावाद, सहसचिव शंकर नेपाली – उत्तर हैदरावाद, कोषाध्यक्ष धनश्याम शर्मा – मध्य हैदरावाद, सदस्यहरु मा रतन सिंह दक्षीण हैदरावाद, कुमार थापा -मध्य हैदरावाद, विर बहादुर विक -दक्षिण हैदरावाद, पुष्पा पौडयाल – उत्तर हैदरावाद, थान बहादुर क्षेत्री मध्य हैदरावाद, खिम बहादुर परियार उत्तर हैदरावाद, सुर्य बहादुर थापा – उत्तर हैदरावाद, झलक पुन मध्य हैदरावाद, चेतन शर्मा- नालगोण्डा, लाल बहादुर थापा – उत्तर हैदरावाद, जीवनाथ शर्मा उत्तर हैदरावाद, राजु दुलाल मध्य हैदरावाद, मोहन लाल शर्मा उत्तर हैदरावाद, कुल बहादुर रेश्मी -मध्य हैदरावाद, माया थापा -उत्तर हैदरावाद, गंगा खडायत -मध्य हैदरावाद, प्रेम विक -मध्य हैदरावाद, पुरन टंडन- निजामावाद, विजय विष्ट – वर्घा र एक रिक्त यसैगरि बैकल्पिक सदस्य हरु मा इश्वर पुन – नागपुर,पर्शुराम शर्मा उत्तर हैदरावाद,तेजेन्द्र प्रसाद शर्मा – उत्तर हैदरावाद,धन बहादुर थापा – उत्तर हैदरावाद, कृष्ण कुमारी विक – मध्य हैदरावाद, नरेन्द्र पुन – खम्मम, रामप्रसाद अधिकारी – उत्तर हैदरावाद, र एक रिक्त राखिएको छ भने सल्लाहकार हरुमा शिवराज पौडयाल – एल्लुर, मिन बहादुर थापा – उत्तर हैदरावाद, रन बहादुर पौडयाल – दक्षीण हैदरावाद, शेर बहादुर खडका – वर्घा , लाल बहादुर क्षेत्रि – उत्तर हैदरावाद, दुर्गा प्रसाद शर्मा – विशाखापटनम, भुपाल ठाडा – दक्षीण हैदरावाद,धन बहादुर शाहि – मध्य हैदरावाद, गरि ४१ सदस्यीय मध्य दक्षीण क्षेत्रिय समिति गठन गरिएको छ।