बिहिबार, चैत्र १५, २०८०

बाग्दुला-भिमगिठे मोटरबाटो टेण्डरको चरणमा: सांसद दुर्गा पौडेल

काठमाडौं असार ३

बाग्दुला-भिमगिठे सडकको वातावरणीय परीक्षण प्रतिवेदन २०७९ साउन ३ गते स्वीकृत भएको छ । २०७६ भदौ ३१ गते भौतिक योजना मन्त्रालयबाट गएको फाइल वन तथा भूसंरक्षण विभाग बबरमहलमा रोकियो ।
उता बाटोको डीपीआर भारतको एक्जीम बैंकमा गएर करिब एक वर्ष रोकियो । प्युठान बाट प्रतिनिधित्व गर्ने मा. सभासद दुर्गा पौडेलले भन्नु भयो लगातार ताकेता गर्दा पनि ढिलाइ हुन गयो । यसै हप्ता वन तथा भूसंरक्षण विभागले वातावरणीय प्रभाव मूल्यांकन फाइल स्वीकृत गरी भौतिक योजना मन्त्रालयमा पठाएको थियो । आज मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वातावरण परीक्षणको प्रतिवेदन स्वीकृत गरेको छ ।

अब सडक विभाग हुँदै सडक सुधार तथा विकास आयोजना निर्देशनालय जानेछ र बाटो निर्माणका लागि बोलपत्र आह्वान हुनेछ । अब फाइलहरू रोकिनुपर्ने ठाउँ छैनन् । सबै निर्णयहरू क्रमशः कार्यान्वयन हुँदै जानेछन् ।

प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले पूर्वमन्त्रीहरू रघुवीर महासेठ, वसन्त नेम्वाङ, रेणुकुमारी यादव, सडक विभागका प्रमुखहरूसँग भेट गरी बारम्बार बाटो निर्माण कार्य अगाडि झकाउनु भएको थियो ।

वातावरणीय प्रभाव मूल्यांकनमा सकारात्मक भूमिका खेलेका सरुमारानी, माण्डवी, प्यूठान, झिमरुक र गौमुखी पालिकाहरूलाई पनि धन्यवाद व्यक्त गर्दछौं । बाटो निर्माण सुरु भएदेखि सम्पन्न हुने समयसम्म सहयोग हुने अपेक्षा गर्दछौं ! अहिलेसम्मका सबै काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं । सडक सुधार आयोजनाका प्रमुख रोहित बिसुरालले छिटो काम सम्पन्न गर्नको लगातार पहल लिनुभएको छ । प्रतिनिधि सभा सदस्य मा.दुर्गा पौडेलले आफ्नो सचिवालय मार्फत जानकारी दिनु भएको छ।
यो बाटो निर्माण भएमा प्युठानको उत्तरी भेगका जनताले रहातको महसुस गर्ने छ्न।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal