
जुमान सिंह के सी
साउन ५, प्युठान ।
र्राष्ट्रिय जनमोर्चा प्युठानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हरुका लागि स्वागत सहित प्रशिक्षण कार्यक्रम बिहिवार खलंगामा सम्पन्न गरेको छ।
प्युठानका विभिन्न स्थानीय तहमा र्राष्ट्रिय जनमोर्चा बाट निर्वाचित सबै जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको र्राष्ट्रिय जनमोर्चा प्युठानले जनाएको छ।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले आफ्नो पार्टीले चुनावमा ईमानदार पुर्वक लागेको तर कतिपय स्थानीय तह तथा ठाउँ अनुसार कतिपय गठबन्धन दलबाट धोका भएको भए पनि समग्रमा सन्तोषजनक रहेको बताउनु भयो।
उहाले निर्वाचित जनप्रतिनिधि हरु ईमानदार तरिकाले पार्टीको नीति अनुसार काम गर्न निर्देशन दिनु भएको थियो।
सबैकाम हरु गर्दा सजग र सतर्क भएर काम गर्न समेत अनुरोध गर्नु भयो, उहाँले अहिले सम्म राजमोका निर्वाचित जनप्रतिनिधि, साम्सद, मन्त्री कसैले पनि भ्रस्टाचार तथा अनियमितता नगर्ने
गरेको बताउदै यो छबिलाई बचाउन सबैलाई आग्रह गर्नु भएको थियो।
राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले प्रशिक्षणात्मक मन्तब्य राख्दै जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्न सुझाव दिनु भएको छ जनताका काममा खटेर लाग्नु पर्ने बताउनु भयो उहाँले काम गर्दा निति, नियम कानुनलाई पालाना गरि काम गर्न सकेमा सफल हुने भन्दै लगनशील भएर काम गर्न अपिल गर्नु भएको थियो।
प्रशिक्षणात्मक मन्तव्य राख्नेहरुमा राजमो लुम्बिनी प्रदेश सहसचीव केशवराज आचर्य, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण ब. खड्का लगाएत ले कार्यकल सफलताको सुभकामाना व्यक्त दिनु भएको थियो।
कार्यक्रमको अध्यक्षता राजमो प्युठानका सचीव बिदुर मल्लले गर्नु भएको थियो। र्राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानको आयोजनामा भएको कार्यक्रमको स्वागत मन्तव्य राजमो जिल्ला सदस्य सरिता जि सीले गर्नु भएको हो भने संचालन सह सचीव लाल बहादुर राउतले गर्नु भएको थियो।