
जुमान सिंह के सी
प्युठान ६, साउन
प्युठानको स्वर्गद्वारी नगरपालिका वाड न.८ मा एक जना व्यक्तिले दोहोरो नागरिकता बनाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको थाहा भएको छ ।
वाड न ८ का पोवी बैजालीले उमेर बढाएर दिलमाया बैजालीको नामबाट नागरिकता बनाई सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको जानकारी आएको छ।
उक्त विषयमा जिल्ला प्रशासन कार्यालय प्यूठानमा उजुरी परेपछि नियमानुसार पछिल्लो पटक लिएको नागरिकता खारेज गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । अरु विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनु भएको छ ।
वैजालीले ४ पटक सामाजिक सुरक्षा भत्ता बुझेको स्थानीयले बताएका छन् । उनीहरुले सामाजिक सुरक्षा भत्ताकै लागि मिलेमतोमा नागरिकता बनाएको बताएका छन् ।
उता वाड न. ८ का अध्यक्ष खोप बहादुर राउवतले दोस्रो विहे गरेर गाउँमा आएको महिलाले नाम बदलेर नागरिकता बनाएको बताउनुभयो । “मलाई झुक्काएको रहेछ,” वडा अध्यक्ष रावतले भन्नुभयो,“ईलाका प्रशासन कार्यालय चकचकेमा उजुरी परेपछि मात्र थाहा भयो ।” महिलाले २०६३ सालमा नागरिकता बनाएको उहाँले बताउनुभयो ।
निजले नागरिकताको लागि प्रहरी मुचुल्का, वडाको सर्जिमिन ,साथै स्वर्गद्वारी नगरपालिका वाड न.३ ले पछिल्लो जन्म मितिको जन्म प्रमाणपत्र सिफारिस लिएको समेत उल्लेख गर्नु भयो;
उहाले आफ्नो वाडको तथ्यांकमा समेत उक्त नाम नभएकोले आफुले नागरिकताको लागी सिफारिस गरेको अध्यक्ष रावतले बताउनुभयो ।