शुक्रबार, बैशाख १४, २०८१

झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रलाई चिनाउने गरी काठमाडौंमा कलाकृति प्रदर्शनी सुरु

काठमाडौं । प्युठान जिल्लाको झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रलाई चिनाउने गरी काठमाडौंमा कलाकृति प्रदर्शनी सुरु भएको छ । शनिबार राजधानीको बबरमहलस्थित नेपाल कला परिषदमा विभिन्न कलाकारहरुले तयार पारेका चित्र प्रदर्शन गरिएको हो ।

झिमरुक गाउँपालिकाले आयोजना गरेको प्रदर्शनीमा निशुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । सो प्रदर्शनी तीन दिनसम्म सञ्चालन गरिने छ ।

कार्यक्रममा सहभागी हुन नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह बबरमहल पुग्नुभएको छ । यस्तै, प्युठानबाट निर्वाचित सांसद एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेल, प्राध्यापक बिस्नु पोख्रेल ,निवर्तमान अध्यक्ष तिलक जिसी, एमाले नेता मणि थापा  राष्ट्रिय जनमोर्चाका युबा नेता बिमल  पोख्रेल लगायतको सहभागिता रहेको छ ।

प्यूठानको झिमरूक र गौमुखी क्षेत्रमा पुगेर १० जना कलाकारहरूद्वारा सिर्जना गरिएका चित्रहरू प्रदर्शन गरिएको हो ।

प्रदर्शनीमा चित्रकारहरू रतनकुमार राई, जीवन राजोपाध्याय, नरेश सैंजु, कुन्ती थापामगर, सुजिता महर्जन, सुदेशा श्रेष्ठ, सारा राई, राजकुमार रानामगर, मुकेश श्रेष्ठले बनाएका चित्रहरू प्रदर्शन गरिनुका साथै सुदर्शन कार्कीले खिचेका फोटोहरू पनि राखिएको छ ।

आफ्ना चित्रहरू प्रदर्शनी गर्न पाउँदा सबै कलाकार उत्साहित भएको बताउँदै कलाकार रतनकुमार राइले सबैलाई प्रदर्शनी अवलोकन गर्न अनुरोध गर्नुभएको छ ।

सो चित्रकलामा प्युठानको झिमरुक र गौमुखी क्षेत्रको ऎतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, भौगोलिक आदि पक्षहरू समेटिएको र यसले प्युठानको पर्यटन प्रवद्र्धनमा महत्व राख्ने भिमरुकका बासिन्दासमेत रहेका नेकपा (मसाल) बागमतीका प्रवक्ता समीर सिंहले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?