बिहिबार, भदौ २६, २०८२

भारतको कोचिन नगरमा मुल प्रबाहले गर्यो नागरिता बिद्ययकको विरुद्ध बिरोध सभा ।

दक्षिण भारत काेचिनबाट जनक बि सि ।

मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिकाे आयोजनामा नेपाल सरकार प्रतिनिधि सभाबाट पारित ” रास्ट्रघाति नागरिक विधेयक खारेज गर ” मुल नारा सहित भब्य र सानदार रुपमा कार्यक्रम सम्पन्न भएको काे छ ।
सर्वप्रथम बिर शहिदहरु प्रति १ मिनेट माैनधारण र अथिति आशण ग्रहण पछि बावुराम केसीले सन्चालन गर्नु भएको कार्यक्रमकाे अध्यक्षता श्रि प्रेम बिकले गर्नु भएको थियो।

प्रमुख अथिति मुल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिका सदस्य श्रि जुँगराज राँहु मगरले नेपाल जस्तो देशमा सबैभन्दा बढी जनसंख्या भएको दुई साम्राज्यवादि देशहरू भारत र चिनकाे बिचमा रहेको यति सानाे गरिब देशमा नागरिक जस्तो सम्वेदनशिल प्रमाण पत्रलाई खुकुलो प्रकारले नागरिकता बिदेशीलाई बितरण गर्न थालियाे भने देशकाे स्वाधिनता र स्वाभिमान गुम्ने खतरा छ भन्दै रास्ट्रघाति नागरिक विधेयक खारेजी दिशामा देशभक्त शक्तिहरुले शक्तिशाली जनआन्दोलन उठान गर्न जरुरी छ भन्ने कुरा जिकिर गर्नु भयाे ।
अन्य बाेल्ने बक्ताहरु
रिखेन्द्र बि सि , जनक बि सि , जानका बि सि , पदम थापा बाेल्नु भएको कार्यक्रममा स्वागत भाषण श्रि साबित्रा घर्ती मगरले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?