शुक्रबार, चैत्र १६, २०८०

आफ्नै निजि मोटरसाइकल चढेर जनताको सेवा गर्दै, भुमिकास्थानका मेयर :थापा

अर्घाखाँची ।      साँझ करिव साढे सात बजेको थियो । भूमिकास्थान नगरपालिका वडा नं. ४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउदै गरेका भेटिए । बाटोमा बाईक रोकेर रेनकोट लगाउदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा थिए ।

नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कदैगर्दा मकैडाँडामा पानी परेपछि निथु्रक्क भिजेका हुन् । यो समाचार पढ्दा धेरैलाई लाग्ला आम नागरिक सधै भिजेकै छन त मेयर भिज्नु के नै नौलो कुरा भयो र ?

तर कुरा त्यस्तो होइन । मेयर आफैमा विशेष पद हो । मेयरले चाहनेहो भने २४ सै घण्टा गाडी अगाडी पछाडी लगाएर हिड्न सक्छ । तर थापाले यो विकल्प प्रयोग गरेनन । भूमिकास्थान नगरपालिका वडा नं. ४ घर भएका थापा दैनिक ३२ कि.मि. यात्रा गर्छन मोटरसाईकलमा सरर ।

आफ्नै नीजी मोटरसाईकलमा सरर यात्रा गरिरहेको मेयर थापाले आफ्नै मोटरसाईकलमा यात्रा गर्नुको बेग्लै आनन्द भएको बताए । “म मोटरसाईकलमा यात्रा गरेको देखेपछि साथीहरुले आश्चर्य मान्दै मेयरसाव गाडी छैन र भन्नुहुन्छ” थापाले हाँस्दै भने “यही मोटरसाईकल देखाउदै यो घोडो जस्तो मान्नुभो र ? भन्ने गरेको छु ।”

त्यसो त मेयर थापाले आफु निर्वाचित भइसकेपछि नगरपालिकाले भाडामा प्रयोग गरिरहेको एउटा स्कारपिओ फिर्ता गरिसकेका छन् । “नगरपालिकासंग दुईओटा आफ्नै गाडी छन् वर्षौदेखी अर्को भाडाको गाडी पनि प्रयोग भैरहेको रहेछ ।” मेयर थापाले भने “हामी आएपछि त्यो गाडीको नविकरण गरेनौं, साउन १ गतेदेखी त्यो गाडी फिर्ता भैसक्यो ।” एउटा गाडी फिर्ता गर्दैमा नगरमा वार्षिक १५/२० लाख बचत भएको थापाको भनाई छ ।

मोटरसाईकलमा यात्रा गरिरहेका थापाले आफुले सस्तो लोकप्रियताको लागि भने यो नगरेको बताए । म नत लोकप्रियता कमाउन मोटरसाईकल चढेको हुँ, न त सरकारी गाडी प्रयोग बहिष्कार नै गरेको हुँ । मेयर थापाले भने विशेष परिस्थितीमा नगरका गाडीहरु पनि प्रयोग गरिन्छ । तर मसंग आफ्नै साधन छ, मोटरसाईकलले काम चलेसम्म गाडी चढ्दीन ।उनले आफुले नेतृत्व गरेको नगरपालिकामा शिक्षालाई निशुल्क घोषणा गरिसकेको र कृषि स्वास्थ ,तथा जनजिबन शीत जोडिएका विषयलाई अगाडि बढाउने योजना रहेको बताए।सुपादेउराली अन्लाईन वाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal