बिहिबार, चैत्र १५, २०८०

राष्ट्रिय अपांग सेवा संघ प्यूठानको सातौ अधिबेसन सम्पन्न, नंया नेतृत्व चयन

श्रावण १८ प्युठान

राष्ट्रिय अपांग सेवा संघ प्यूठानको १६औ बार्शिक साधारणसभा तथा ७ औअधिबेसन आज खलंगा प्युठानमा सम्पन्न भएको छ।

जिल्ला समन्वय समिती प्युठानका प्रमुख धरम ब जि सिको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा विशेष अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्का, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनि लगाएतले सुभकामाना मन्त्ब्य राख्नु भएको थियो।

कार्यक्रममा संघलाई सहयोग गर्ने प्युठान उधोग बाणिज्य संघ र मल्लरानी ४ निबासी गोपाल प्रसाद नकर्मीलाई सम्मान गरिएको थियो।
अधिबेशनले अध्यक्षमा हुनाराम खड्कालाई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

आज सम्पन्न सातौं अधिवेशनबाट खड्काको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्ष लोकराज भुसाल, महासचिव रमेश के.सी., सचिव राजेन्द्र राउत क्षेत्री, कोषाध्यक्ष उजेली विक निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यमा निरज हमाल, कृष्ण जिसी, गायत्री घर्ति, जमुना खड्का, सिता सुनार निर्वाचित हुनुभएको हो ।
अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसमा पूर्व अध्यक्ष विकास नेपाली, पूर्व अध्यक्ष सुर्य बहादुर पन्त, सपना पोख्रेल, पूणर् प्रसाद कालाथोकी र फन प्रसाद भण्डारी हुनुहुन्छ ।
महासचिव रमेश के सी ल्व प्रगति प्रतिबेदन र कोषध्यक्ष उजेली बिकले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएकोमा ब्यपक्क छलफल गरि पास गरिएको छ।
संघ २०५९ मंसिर २२ गते स्थापना भएको हो । संघले जिल्लामा रहेका अपांगता भएका व्यक्तिको हक, अधिकारका लागि सरकोरवाला निकायसँग पैरवी र जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । अपांगता भएका व्यक्तिहरुको दैनिकीलाई सहज बनाउन समेत संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको निवर्तमान अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal