आइतवार, अशोज ९, २०७९

तिज : गरौं खबरदार

 

सिता प्रोखरेल “हिसार”

 

उनासी साल तिज आउछ भनेर ।
बसेका छौं हामी चेली दिन गनेर ।।
घुम्दै फिर्दै आएको यो रमाइलो तिजमा।
प्रदेशबाटै भए पनि शुभकामना ।।

नेपाल बेच्ने नेतालाई खबरदार गर्नलाई।
उठौ दिदिबहीनी एक जुट हुनलाई ।।
भष्टाचारी नेताहरुले चिल्ला कुरा गरेर ।
नेपाल हाम्रो रहदैन चुपलागी बसेर।।

नदि नाला बेचि सके देश बेच्न पाइदैन ।
संगीयता सरकार हाम्लाई चाहिदैन ।।
विकास गराउछु भनी झुटा सपना देखाएर ।
राष्ट्रघाती एमसिसी देशमा भित्र्याएर ।।

सत्ताको नाममा दलाली र भष्टाचारी ।
एकजुट भएर गरौ यिन्लाई हाम्ले खबरदारी ।।
देशका लागी एक हौं बनौ सबै इमानदार ।
सचेत जागरूक हुनै पर्छ सबै समझदार  ।।

जन्मलियौ हामीले नेपाली माटोमा ।
गरी खान नपुगेर आयौं प्रदेशमा ।।
स्वदेश विदेश जहाँ भए पनि हामी जागौं ।
देश लुट्ने भष्टाचारीलाई किनारा लगांउँ।।

नेपाल शान्ति देश गौतम बुद्व जन्मेर ।
त्यसैलाई नै स्वागत हाम्ले गरौं भनेर ।।
आन्दोलन को आधिबेरी हुनै पर्छ चमत्कार ।
यति भन्दै बिदा हुन्छौ हस्त नमस्कार ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?