आइतवार, माघ ५, २०८२

बाग्लुङको रिघामा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न

तिलक थापा बागलुङ
२०७९ साउन २४ गते रिघा –
राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका वडा नं. ११ रिघा, बागलुङको वडा भेला साउन २४ गते सानो रिघामा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह–इञ्चार्ज गौरीश्वर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
यस अवसरमा प्रमुख अतिथि गौरीश्वर पाण्डेले सदनबाट नागरिकता विधेयक पास हुन राष्ट्रघाति कदम भएको टिप्पणी गर्नु भयो । राष्ट्रको हितका लागि दलहरुविचको एकता अनिवार्य भएता पनि राष्ट्रिय हितलाई सर्वोपरी राखी राष्ट्रिय जनमोर्चाले दिर्घकालीन हितका पक्षमा आवाज उठाई रहेको बताउनु भयो ।
वडा भेलाको अध्यक्षता कुल बहादुर थापा, सञ्चालन दल बहादुर बुढाथोकीले गर्नु भएको थियो । भेला सफलताका शुभकामना राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव वेदीलाल सापकोटा, अखिल नेपाल युवक संघका महासचिव तथा बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, जिल्ला सदस्य कृष्णा पुन र गल्कोट नगर सदस्य तथा निर्वाचित वडा नं. ९ का वडा सदस्य नारायण सापकोटाले दिनु भएको थियो ।
भेलाले भक्तिराम पुनको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका ११ को वडा समिति गठन गरेको छ । जसको उपाध्यक्ष कुल बहादुर थापा, सचिव दल बहादुर बुढाथोकी, सहसचिव रन बहादुर थापा श्रीस, कोषाध्यक्ष गंगा बहादुर सिंजाली र सदस्यहरु लक्ष्मण भुजेल थापा, रिमलाल थापा, डम्मर बहादुर थापा, छम बहादुर थापा, उषा राना, ज्ञानी राना, होमा राना, भिम बहादुर घर्ति, श्यामकली सिंजाली, धनमाया वि.क., बल बहादुर लोहार, रुम बहादुर काउचा, कुन्ति थापा, तुल बहादुर सिंजाली, पूर्ण बहादुर भुजेल र किसान वि.क. रहनु भएको छ ।
भेलाले टोल समिति समेत गठन गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?