बिहिबार, भदौ २६, २०८२

राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही सम्पर्क समितिको दोस्रो भेला सम्पन्न अध्यक्षमा :जिसि

शंकर  प्रसाद पोख्रेल बुटवल                         राष्ट्रिय जनमोर्चा रुपन्देही–प्युठान सम्पर्क समितिको दोस्रो भेला सम्पन्न भएको छ । राजमो लुम्बिनी प्रदेश कार्यालय चाँदमारीमा २०७९ साउन २८ गते सो भेला सम्पन्न भएको हो ।

भेलाले कृष्ण जिसी अध्यक्ष रहनुभएको रुपन्देही–प्युठान सम्पर्क समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मनबहादुर सुनार, सचिवमा केशव बुढाथोकी, सहसचिवमा पदम पौडेल र कोषाध्यक्षमा दीपक बस्नेत रहनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा शङ्कर पोख्रेल, सागरजङ्ग क्षेत्री, दीपक सुवेदी, नन्दप्रसाद पोखरेल, सुशीला पोखरेल, दीपक रोका, वसन्ता आचार्य, जुना भण्डारी, हिमालय पौडेल, रामप्रसाद श्रेष्ठ, सीता थापा र मोहन जिसी रहनुभएको छ ।

भेलाले केपी पोख्रेल, शिव पौडेल, भूपेन्द्र जिसी र पदमबहादुर जिसीलाई सल्लाहकारमा चयन गरेको छ ।

भेलामा राजमो केन्द्रीय सदस्यहरू वासुदेव पोख्रेल, रामकुमार क्षेत्री, राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, प्रगतिशील पत्रकार सङ्घका संयोजक श्यामलाल पोख्रेल, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य,राष्ट्रिय जनमोर्चा प्युठान जिल्ला सदस्य टीका बहादुर जिसि,अखिल छैटौंका केन्द्रिय सचिब सरोजमान ,प्रगतिशील पत्रकार संघ रुपन्देहीका सचिब टेकराज भुसाल लगायतको  आतिथ्यता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?