बिहिबार, भदौ २६, २०८२

राष्ट्रिय जनमोर्चा तंग्रामकाे वडा प्रशिक्षण भेला सम्पन्न

 

राष्ट्रिय जनमोर्चा काठेखाेला गाउँपालिका वडा न.-४, तंग्रामकाे वडा प्रशिक्षण भेला २०७९ भाद्र ११ गते सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले प्रशिक्षण भेला उदघाटन मन्तव्यकाे क्रममा पटक पटककाे अान्दोलनले व्यवस्थाकाे केही रुप परिवर्तन भए पनि जनताकाे अवस्था परिवर्तन नभएकाे बताउनु भयाे । जबसम्म जनताहरु सचेत भई अान्दोलनकाे नेतृत्व गर्दैनन् तब याे अवस्था यस्तै रहिरहने बताउदै राष्ट्रियता र जनजिबिकाकाे अान्दोलन लाई थप सशक्त बनाउनु पर्नेमा जाेड दिनु भयाे ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तथा काठेखाेला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा काठेखाेला गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष लक्षमण पुन, अखिल नेपाल शिक्षक संघका कमला थापाले शुभकामना मन्तब्य दिनु भएकाे थियाे ।
कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष अाेम पुन, जातीय समता समाज बागलुङका सचिव तथा काठेखाेला गाउँ कार्यपालिका सदस्य टिका संगम बि.क., अखिल नेपाल किसान संघ बागलुङका सदस्य दिल बहादुर पुन, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका सदस्य थमन पुन, राष्ट्रिय जनमाेर्चा तंग्रामका सचिव सस बहादुर बि. क., रा.ज.माे. तंग्राम ४ नं टाेल समितिका अध्यक्ष नर बहादुर थापा, ६ नं टाेल समितिका अध्यक्ष कुल प्रशाद छन्त्याल, ७ का अध्यक्ष टेक बहादुर पुन लगायतको आतिथ्यता रहेको थियो।
राजमो वडा समितिको अध्यक्ष बिष्णु कडेलको अध्यक्षता, उपाध्यक्ष थिर बहादुर रानाकाे स्वागत मन्तव्य र संचालन किष्ण बि.क.ले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?