शुक्रबार, चैत्र १६, २०८०

कविता :दृस्टीबिहिन जिबन

रचना :अनिल थापा क्षेत्री

जन्म लिएको रहेछु अधेरी रातमा मैले
देख्न पाएन कस्तो हुन्छ उजेली किरण मैले
हे भगवान! अन्धो बनाईदिने मेरो दोष के थियो
तिम्रै पूजा गरे जलाएर पबित्र दियो ।
समातेर हिड्ने गर्थे आमाका पबित्र हात
यसरी नै पाईराख्थे आमाको न्यानो साथ
टप्प टिपी लगिस दैब कोहि छैनन् मसंग
एक्लै हिड्छु पलपल लड्ने गर्छु, हुन्छु अंगभंग ।

हिड्छु यहा म खाली पेट लिएर
खानु पर्ने यहा मैले भयो मागेर
बचनका तिखा छुरा हानि दिन्छन् मलाई एक गास
सडक पेटी गगन मुनि हुन्छ मेरो वास ।

सबैलाई प्रकाश दिने सुर्य मलाई भने दियो छाया
घृणित छु म सबैबाट पाईन मैले कसैको माया
कति कठोर हुदोरहेछ मानबको यो मन
गुलाफको हासो यहा उनिउको रोदन ।

गइन् बरै धर्तीमा मलाई अन्धो जन्म दिएर
जिउनै पर्ने यहा म जिउदै लास भएर
बिन्ति गर्छु हे साथीहरु नहिर्काई देउ ढुङ्गा मलाई
तिमीहरु संगै जान्छु चढाई देउ डुङ्गा मलाई
सधै आँखामा आशु बगिरहे अब हास्न चाहन्छु
तिरस्कार सहनु भन्दा पाखुरा बजारी
सधैको लागि शान्तिको सास फेर्ने चाहन्छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal