शनिबार, साउन १२, २०८१

बहराइनको राजकुमारको टोलि सगरमाथा चढ्न नेपाल आयो।

काठमाण्डाै – सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल आइपुगेको छ ।

बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली विशेष विमानमार्फत नेपाल आइपुगेको हो । टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछ ।

बहराइनका लागि नेपाल राजदूत पदम सुन्दाससहित दूतावास परिवारले साेमवार बिहान राजकुमारसहितको टोलीलाई भेटेर आरोहणको शुभकामना दिएको छ । राजकुमार अल खालिफासहितको टोलीले गएको अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।

आरोहण टोलीले गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका बासिन्दाका लागि दुई हजार डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने कार्यक्रम पनि छ।उज्यालो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal