आइतवार, अशोज ९, २०७९

बास प्युठानले विविध कार्यक्रम गरि परिवार नियोजन दिवस मनायो

प्युठान २, असोज
बास प्युठानले नवौ राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ । आइतबार बागेश्वरी अशल शासन क्लव(बास) नेपाल प्यूठान शाखाले दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरि मनाएको छ । दिवसको अवसरमा परिवार नियोजन तथा दिवस सम्बन्धमा रेडियो संवाद कार्यक्रम, स्वास्थ्य र परिवार नियोजन सम्बन्धि कार्यपत्र प्रस्तुत तट अंतरक्रिया,मा बि स्तरीय हाजिरी जवाफ, र खलंगा बजारमा ¥याली सहित कार्यक्रम गरिएको बास प्युठानका अध्यक्ष जुमान सिंह के सी ले जानकारी दिनु भएको छ ।

व्यवस्थित परिवार हाम्रो अधिकार हामी सवै जिम्मेवार भन्ने नारा सहित दिवस मनाइएको हो ।कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय प्रतिनिधि, सहकारी तथा संघसस्थाका प्रतिनिधि, बिद्यार्थी लगाएत गरि १२६ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा सुभकामना मन्तव्य राख्दै
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी.ले परिवार नियोजन दिवसको अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाको कामको प्रशंसा गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जि.सी.ले समुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाहमा महिला स्वास्थ्य स्वयंसेविकाले गरेको कामको प्रंशसा गर्दै आगामी दिनमा समेत निरन्तरताको लागि आग्रह गर्नु भएको हो ।

बास प्यूठानका अध्यक्ष जुमान सिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले परिवार नियोजन दिवसको अवसरमा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका परिवार नियोजन फोकल पर्सन रिता न्यौपानेले परिवार योजना, परिवार नियोजनमा प्युठानको अवस्था चुनौती र जिल्लाको अवस्था बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
दिवस कार्यक्रममा सिदार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तु, युएनएफपिय र मल्लरानी गाउँपालिकाको समन्वय तथा सहकार्यमा गरिएको बासका अध्यक्ष के सी ले बताउनु भयो।

मल्लरानी गाउँपालिका भित्र मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भानुभक्त माध्यमिक विद्यालय बर्वोट प्रथम भएको छ । मल्लरानी बोर्डिङ स्कुल द्धित्तिय र अमर माध्यमिक विद्यालय चुँजा तृत्तिय भएको छ । विजयी सहभागीलाई स्टेश्नरी प्रदान गरिएको थियो । हाजिरी जवाफको सञ्चालन महेन्द्र माध्यमिक विद्यालयका शिक्षक धुर्व गिरीले गर्नुभएको थियो ।

महेन्द्र माध्यमिक विद्यालय खलंगाबाट शुरु भएको ¥याली जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा पुगेर औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रममा स्वागत लोकेन्द्र सुनार र सञ्चालन सुजल श्रेष्ठले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?