आइतवार, अशोज ९, २०७९

संविधान दिवसको अवसरमा खलंगामा सरसफाइ अभियान

जुमान सिंह के सी
असोज २ प्युठान
संविधान दिवस २०७९ को अवसरमा प्युठान खलंगामा बजार सरसफाइ कार्यक्रम गरिएको छ।
संविधान दिवस मुल समरोह समितिको बैठक बसि तीन दिवसीय कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भयो।
आइतबार दुई गते पहिलो दिन बिहान टुडिखेल बाट सुरु गरि खलंगा बजारमा सरसफाइ अभियान तथा सरसफाइ गर्न बजार बासिलाई माइकिङ समेत गरिएको छ।
सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम गरिएको हो।

जिल्ला समन्वय समितिको कार्यालयमा पुगि सरसफाइ अभियानको समापन गरिएको थियो। कार्यक्रममा बोल्ने वत्ताहरुले समुदाय सकृय नभए सम्म कुनैपनि अभियान सफल नहुने भन्दै स्थानीय बासी, संघसस्था सबैको सहयोग र सहाकार्यको आवस्यकता रहेको बताएका थिए।मानव निर्मित फोहोरको सहि ढङ्गले ब्यबस्थापन गर्न नसके विभिन्न किसिमका रोगको शिकार वन्ने अवस्था आउन सक्ने भन्दै सबै सचेत हुन आग्रह गरिएको थियो।

जिल्ला समन्वय समिती प्युठान, मल्लरानी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको आयोजनामा अभियान संचालन गरिएको छ।

साथै जिल्ला प्रहरी कार्यालय बाट प्रहरी साझेदारी कार्यक्रम अंतरगत आत्महत्या न्यूनीकरण सम्बन्धी पप्रस्तुति करण समेत गरिएको थियो।
प्युठानमा आत्महत्याको संख्या बढ्ने गरेको भन्दै सचेतनाका कार्यक्रम संचालन गर्न पर्नेमा बोल्ने वक्ताहरुको जोड रहेको थियो ।

सोमबार तीन गते संविधान दिवसको दिन खलंगामा सुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?