शुक्रबार, चैत्र १६, २०८०

संविधानको सहि कार्यनयन गर्नुपर्नेमा वक्ताहरुको जोड

जुमान सिंह के सी
असोज ३, प्युठान ।
संविधान दिवसको अवसरमा बोल्ने सरोकारवाला निकायका प्रतिनिधिले संविधानको मर्म अनुसार सहि कार्यनयन गर्नु पर्नेमा जोड दिएका छ्न।
प्राप्त उपलब्धिलाई आत्मसात गरि कार्यान्वयन गर्दै थप उपलब्धिको लागि अगाडी बढ्नु पर्ने धारणा राखेका छ्न।

सोमबार खलंगामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बोलेका हुन।
नेपालको संविधान सबै भन्दा उत्कृष्ट भएको भन्दै यसलाई ब्यबहारिक रुपमा कार्यान्वयन गर्न सके मात्र संविधान दिवस मनाउनुको अर्थ हुने भन्दै सबैको एक्यवद्धता आवस्यक रहेको औलाएका छ्न।

जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम ब. जि सीले जनताका प्रतिनिधिले बनाएको हुनाले यो संविधान अत्यन्तै राम्रो भएको उल्लेख गर्नु भएको थियो। उहाले अब यसलाई सहि कार्यनयन गर्न पर्ने बताउनु भयो।साथै कार्यनयन तहमा कतिपय चुनौती रहेको देखिएको छ यसलाई पालाना गर्न सदैव सबै लग्न पर्ने जरुरी रहेको बताउनु भयो।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले संविधान दिवस मनाउनु को भनेको वर्षभरिमा भए गरेका कामको समिक्षा हो,संविधानमा उल्लेखित विभिन्न हक अधिकारको ब्यबस्था भएको छ त्यसको सहि कार्यनयन भयो वा भएन त्यसको समिक्षा गर्ने दिन भएको बताउनु भयो।साथै उहाँले जनप्रतिनिधि तथा कर्मचारी सबैले कर्तव्यबोध तरिकाले निति नियमको सहि पालाना अनुसार काम गर्न सकेमा संविधानको कार्यान्वयन भएमा सफलता हासिल गर्न सकिने बताउनु भएको छ।

मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले संविधानले समबेसिताको सिद्धान्तलाई अंगिकार गरेको छ, तीन तहको सरकारको सुनिश्चितता गरेकोले यो संविधान उत्कृष्ट भएको बताउनु भएको छ उहाले आफ्नो आफ्नो जिम्मेवारी तोकिएको हुदा काम गर्न सहज हुने बताउनु भयो साथै उहाँले एमालेको सरकारले संविधान भन्दा माथी गएर संसद विघटन गर्नु संविधान बिपरित भएको उल्लेख गर्नु भयो।

संविधान दिवस तथा सुभकामाना आदानप्रदान कार्यक्रममा र्राष्ट्रिय जनमोर्चाका जिल्ला सचीव बिदुर मल्ल, नेकपा यसका केन्द्रिय सदस्य राजकुमार कक्षपति, पत्रकार महासंघका अध्यक्ष सन्जय रिजाल, बास प्युठानका अध्यक्ष जुमान सिंह के सी, सहायक प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद अधिकारी, जिल्ला समन्वय समिती सदस्य गुणेन्द्र बस्नेतले सुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्त्ब्य जिल्ला समन्वय सिमितका उपप्रमुख दुर्गा रेग्मिले राख्नु भएको थियो भने सन्चालन जिल्ला प्रशासन कार्यालयका प्रधासकिय अधिकृत मेघराज सोनिले गर्नु भएको थियो।

दिवसकै अवसरमा कार्यक्रममा सहभागी इच्छुकहरुलाई रक्तदानमा सहभागी गराइएको थियो।
जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र मल्लरानि गाउँपालिकाको सयुक्त आयोजनामा कार्यक्रम गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal