शुक्रबार, बैशाख ७, २०८१

अखिल छैठौं अर्घाखाँचीको जागरण अभियान पाणनि क्याम्पस बाट सुरु

 

जीवन नेपाली
असोज ०६, अर्घाखाँची । अखिल (छैठौं) केन्द्रीय समितिले तय गरेको बिद्यार्थी जागरण २०७९ अभियान अन्तर्गत पाणनी बहुमुखी क्याम्पस बिएड प्रथम बर्ष को प्रशिक्षात्मक भेला सम्पन्न भएको छ।
अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जिवन नेपाली र अखिल (छैठौं)का राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला उपाध्यक्ष प्रकाश चुदाली को बिशेष उपस्थितिमा प्रशिक्षात्मक भेला सम्पन्न भएको हो।
भेलालाई सम्बाेधन गर्दै अखिल (छैठौं)का केन्द्रीय सदस्य जिवन नेपालीले शैक्षिक क्षेत्रमा देखिएका विकृति हटाउन र नि:शुल्क शिक्षा प्राप्त गर्न बिद्यार्थीले राजनीति गर्नुपर्ने बताउनु भएको थियोे
भेलाले कुसुम भण्डारीको अध्यक्षतामा १५ सदस्यीय अखिल (छैठौं)पाणनी बहुमुखी क्याम्पस बिएड प्रथम बर्षको समिति गठन गरेको छ। जस्काे उपाध्यक्षमा सपना भुसाल , सचिव अस्मिता सुनार सहसचिव सम्झना पुलामि मगर , काेषाध्यक्ष करिश्मा खनाल सदस्यहरुमा क्रमशः गीता नेपाली , सान्ता पुरी , सिता सुनार , सारदा खनाल , सपना थापा , सम्झना सुनार ,अमृता रेश्मी , पुजा सुनार,सृजना पान्डे ,मनिशा खनाल चयन हुनु भयो ।

प्रशिक्षात्मक भेला सम्झना पुलमी मगरको अध्यक्षता र अखिल (छैठौं) अर्घाखाँचीका उपाध्यक्ष प्रकाश चुदालीकाे सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?