
जुमान सिंह के सी
असोज ६, प्युठान ।
प्युठानको ठुलाबेसीमा दशै बिशेश खेलकुद तथा सास्कृतिक कार्यक्रम संचाल गरिने भएको छ।
बडा दशै २०७९ को अवसरमा गौमुखी गाउँपालिकाको ठुलाबेसीमा विगतका वर्षहरुमा जस्तै यश वर्ष पनि कार्यक्रमलाई निरंतरता दिन लागिएको कार्यक्रमका संयोजक अर्जुन न्यौपाने अशिमले जानकारी दिनु भएको छ।
जिल्लामै पहिलो र ठूलो धनराशिको पुरुस्कार सहितको कार्यक्रम गर्न लागिएको पनि न्यौपानेले बताउनु भयो।
उहाँले भलिबल तर्फ प्रथम हुने टिमलाई एक लाख एघार हजार एकसय एघार सम्म पुरुस्कारको ब्यबस्था गरिएको बताउनु भएको छ।उहाले सबै प्रतियोगिताको पुरुस्कारहरु आकर्षक भएको बताउनु भएको छ।
सस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने नारा रहेको छ।
ग्रामिण भेगमा पनि खेलकुद तथा अन्य कला तथा प्रतिभाहरुलाई बाहिर ल्याउन मदत पुग्ने र प्रतीभा हरुको पहिचान, हौसला पर्दान गर्न तथा यश ठाउँको पहिचान गराउनको लागि पनि कार्यक्रमको आयोजना गरिएको संयोजक न्यौपानेले बताउनु भयो।
बिजयदशमीको २०७९ ओ अबसरमा यही असोज १५,१६ र १७ गते तीन दिन सम्म संचालन हुने दशै विशेष कार्यक्रममा भलिबल प्रतियोगिता, स्लो मोटरसाइकल रेस ,महिला रस्सा कस्सा,लोकगित ,घैटोफोर ,भालेपकड, सामुहिक नृत्य र स्थानीय पन्चेबाजा प्रतियोगिता राखिएको कार्यक्रमका सहसंयोजक महेन्द्र चन्दले जानकारी दिनु भयो।
भलिबल खेल्नका लागि नेपालका जुनसुकै ठाउँबाट पनि खेलाडी सहभागी हुन सकिने चन्दले बताउनु जनाकारी दिनु भएको छ।
कार्यक्रममा राष्ट्रिय स्तरको ख्याती प्राप्त कलाकारको समेत उपस्थित रहने युनेसिनका अध्यक्ष मिना के सी ले बताउनु भएको छ । एकीकृत बिकास संघ (युनेसिन)र सामुदायिक मंच तथा गौमुखिका युवाहरुको सकृयतामा कार्यक्रम गर्न लागिएको अध्यक्ष के सी को भनाई छ।