आइतवार, अशोज ९, २०७९

जिल्ला संरक्षण बिषयगत क्षत्र समन्वय समितीको बैठक, साझा सवालमा सहकार्य गर्नु पर्नेमा जोड

जुमान सिंह के सी
असोज ६, प्युठान ।
जिल्ला संरक्षण बिषयगत क्षत्र समन्वय समितीको समन्वयात्मक बैठक खलंगामा सम्पन्न भएको छ।
जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मिको अध्यक्षतामा बैठक गरिएको हो।
समन्वय समितीका पदाधिकारी तथा स्थानीय तहका प्रमुख, सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
बैठकमा सयुक्त रास्ट्रसंघ जनसंख्या कोषका लुम्बिनी प्रदेश प्रमुख राम थापाले नेपालमा लङिकतामा अधारित हिंसाका सवालहरुमा प्रस्तुतिकरण गर्नु भएको थियो। उहाले सरकारको २०३० सम्ममा मध्यम आय अवस्थामा पुग्ने लक्ष्य रहेको तर लैङ्गकिहिंसाका घटनाहरु अझ बड्दो अवस्थामा रहेको भन्दै समयमै सबै सचेत हुनु पर्ने नताउनु भयो। महिला, बालबालिका, अपाङ्गता भएका ब्यक्ति, जेष्ठनागरिकहरुको जोखिम तथा न्युनतम सेवा प्रवाहको र सहजताको लागि विशयगत क्षत्रको समन्वय समिती निर्माण भएको बताउनु भएको छ।
साथै उहाले लुम्बिनी प्रदेशमा वालबिवहा, यौनहिंसा,किशोरीहरु शिक्षा भन्दा बाहिर हुनेको दर बढी रहेको उल्लेख गर्नु भएको छ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले लुम्बिनीको पनि प्युठान जिल्लामा लैङ्गकि हिंसा ,बालबिवाह, आत्महत्याको संख्यामा अत्यधिक वृद्धि भएको भन्दै न्यूनीकरण गर्नका लागि स्थानीयसरकार तथा सबै सरोकारवाला निकाय संबेदनसिल हुनुपर्नेमा जोड दिनु भएको थियो।

जिल्ला प्रहरी कार्यालय महिला शेल, जिल्ला अस्पतालमा अवस्थित ओ.सि एम सि र अल्पकालीन सेवा केन्द्र बाट भएगरेका कामको समेत समिक्षा गरिएको थियो।

बैठकमा बोल्ने स्थानीयतहका प्रमुख तथा सरोकारवालाले जिल्लाका साझा सरोकारका बिषयमा सहकार्य गरेर जान पर्नेमा धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मेघराज सोनिले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?