शनिबार, मंसिर १७, २०७९

राष्ट्रिय जनमोर्चा मल्लरानिको चुनाव परिचालन समिति गठन तथा प्रशिक्षण

जुमान सिंह के सी
असोज ८,प्युठान ।
राष्ट्रिय जनमोर्चा मल्लरानि गाउँपालिकाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार खलंगामा सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा मल्लरानि गाउँपालिका संगठनको आयोजनामा कार्यक्रम गरिएको छ।

चुनावी कार्याकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमोका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्री आसन्न निर्वाचनमा पार्टीको नीति, विचार जनताका विचमा लैजान कार्याकर्तालाई आग्रह गर्नु भएको छ।

राजमोले गरेका बिकास पारदर्शी र आवस्यकताका आधारमा गरिएको भन्दै अन्य कतिपय पार्टीले आफ्ना नेता कार्याकर्ताको पालनपोषण गर्ने प्रकारको भएको भन्दै सामाजिक संजालमा राजमोका विरुद्ध गलत प्रचारप्रसार गर्ने हरेको बताउनु भयो। जनतालाई सत्यकुरा बताउनु पर्ने बताउनु पर्ने धारण थियो।
“उहाँले एमालेले समातेको प्रतिगमन विरुद्ध गठबन्धन भएको भन्दै पार्टीको निति निर्देशन अनुसार काम गर्न कार्याकर्तालाई अनुरोध गर्नु भयो।

रजमो लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेलले सहि राजनीति र सहि उम्मेद्बारले मात्र जनताको दुखसुखमा साथ दिने बताउनु भयो उहाँले भन्नू भयो चुनावको बेला पैसा तथा अन्य सामाग्री वितरण र झुठो आश्वासन बाडेर चुनाव जित्दैमा असल जनप्रतिनिधि हुन नसक्ने बताउनु भयोl
अझै पनिदेशमा प्रतिगामी शक्तीहरुको चलखेल भएको भन्दै देशभक्त शक्तिहरु एक हुनुपर्ने बताउनु भएको छ।

र्राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष कृष्ण बहादुर खड्काले अहिले पाँचदलिय गठबन्धन बनेको छ यो एमाले पार्टीको विरुद्धमा नभई देशलाई अप्ठ्यारोमा पार्ने, भएका उपलब्धिलाई समाप्त पर्ने र देशमा प्रतिगमन गर्नेका विरुद्धमा गरिएको बताउनु भएको छ।
देश र जनता भन्दा ठुलो कुनै शक्ति नभएको उहाँले उल्लेख गर्नु भयो। अहिले एमाले कम्युनिस्ट पार्टी भएर पनि प्रतिगमनको नेतृत्व गर्न पुगेको हुदा एमाले संग तालमेल तथा गठबन्धन हुन नसक्ने उल्लेख गर्नु भएको छ।
सबैकार्याकर्ता चुनाव केन्दि्रत अभियानमा लाग्न आग्रह गर्नु भयो।
अमरध्वज रानामगरको नेतृत्वमा २३ सदस्यीय पालिका स्तरीय चुनाव परिचालन समिति निर्माण गरिएको छ। साथै वार्डतह सम्म समिति निर्माण गरि परिचालन गरिने राजमोले जानाएको छ।

शनिबार सम्पन्न भेलामा विभिन्न जनवर्गीय संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्याकर्ता भेलाको संचालन गुणेन्द्र बस्नेतले र अध्यक्षता सुर्य बहादुर नेपालीले गर्नु भएको कार्यक्रममा स्वागत राजमोका लेख बहादुर थापाले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?