शनिबार, मंसिर १७, २०७९

राष्ट्रिय जनमाेर्चाकाे चुनावी अभियान बस्ती स्तरमा

प्यूठान आश्विन ८ गते ।
झिमरूक गाँउपालिका वार्ड नं २ साविक बाँदिकाेटमा वार्ड स्तरका सक्रिय कार्यकर्ता सहितकाे राष्ट्रिय जनमाेर्चा वार्ड समितिकाे बैठकले बस्ती स्तरमा व्यापक चुनाव प्रचारप्रसार सहित संगठन अभियान संचालन गर्ने निर्णय गरेकाे छ। साविक बाँदीकाेटका ५वटा वार्डहरूका १४वटा बस्तीहरूमा संयाेजकहरूकाे निर्णय सहित जिम्मेवारी वाँडफाँड गरेकाे छ।राजमाे झिमरूककाे याेजना अनुसार अहिले सबै वार्डमा संगठन र चुनाव सम्बन्धि कार्य अगाडि बढी रहेको छ। प्रतिगमन,निर्वाचन,गठबन्धनकाे आवश्यकता,कार्यकर्ताकाे जिम्मेवारी लगायत विविध बिषयमा अतिथिहरू राजमाे के०स० नारायण जिसी र राजमाे झिमरूकका सचिव केशरजंग एम्सीले विचार राख्नुभएको थियोे ।राजमाे वार्ड अध्यक्ष शेर बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमकाे सहिजीकरण बाबुराम विकले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?