
प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महतले गुठीचाैर एग्रोफर्म जुम्लाकै नमुना र आर्थिक समृद्धिको आधार रहेकाे बताउँदै गुठीचाैर एग्रोफर्मले सय्याैँलाई रोजगारी प्रदान गर्नेदेखि कृषि क्रान्तिको सुरुवात भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय स्याउ उत्पादन भएमा बजारीकरणको चिन्ता नहुने बताउनुभयो ।
गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गीय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताउनु भयाे । २०७५ सालदेखि सुरुवात गरिएको गुठीचाैर एग्रोफर्ममा १३ करोड रुपैयाँ लगानी गरेर ३३ हजार बिरुवा रोपिएको सञ्चालक मीन बहादुर भण्डारीले बताउनु भएकाे छ। ५० हजार बिरुवा रोप्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयाे । उज्यालो अन्लाईन बाट।