बिहिबार, भदौ २६, २०८२

रास्ट्रीय स्तरको साहित्य/संगीत महोत्सव स्वर्गद्वारीबाट उद्घाटन

जुमान सिंह के सी
असोज १२, प्युठान ।
साहित्य परिषद प्यूठानको आयोजनामा रास्ट्रीय स्तरको पहिलो पटक बृहत साहित्य/संगीत महोत्सव स्वर्गद्वारी को तपोभुमीबाट उद्घाटन गरिएको छ।

प्युठान जिल्लाको कला,साहित्य तथा पर्यटकीय क्षेत्रको प्रचार-प्रसार तथा प्रर्वद्धन गर्ने उदेश्यले साहित्य/संगीत महोत्सव गर्न लागिएको महोत्सव का अध्यक्ष तथा साहित्य परिषद प्युठानका अध्यक्ष नवराज आचार्यले बताउनु भएको छ ।

असोज ११ गतेदेखि १३ गतेसम्म ३ दिन महोत्सव संचालन हुने साहित्य परिषद प्युठानले जनाएको छ।

मंगलबार धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीबाट उद्घाटन गरि शुभारम्भ गरिएको हो।
कार्यक्रमको उद्घाटन मन्त्बय दिदै नेपाल प्रज्ञा प्रतिस्ठानका सदस्य तथा प्राध्यापक डा. गोपिन्द्र पौडेलले साहित्य, कलाले समाज बिकासमा टेवा दिने भन्दै यसलाई सबैले अङालन आवस्यक रहेको बताउनु भएको छ। साथै उहाले साहित्य, कलालाई पर्यटन सङ्ग जोडेर अगाडी लैजान पर्ने बताउनु भएको छ। प्युठानमा धर्मिक तथा पर्यटकीय सम्भावना धेरै रहेको भन्दै यसको सहि ठिक ढंगले प्रचारप्रसार हुन नसक्दा समग्र जिल्लाको बिकास हुन नसकेको उल्लेख्य गर्नु भएको थियो।
सरकारले समाज बिकासमा चेतना, साहित्य, कलाको बिकासका लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने बताउनु भयो।
कार्यक्रममा बोल्दै डा. गितु गिरिले प्युठान र स्वर्गद्वारीको बारेमा आफुले धेरै वर्ष अगाडि देखि विभिन्न माध्यमबाट जानकारी तथा प्रकाशन गरिएको भए पनि अझै चिनाउन नसकिएको बताउनु भएको छ। उहाले सरकारको योजना निर्माणमा स्वर्गद्वारीलाई प्राथमिकतामा राखी योजना बनाउनु पर्ने र आफुले सक्दो सहयोग गरिरहेको उल्लेख गर्नु भयो ।
देश भरबाट आएका साहित्यकार, कबिहरुले साहित्य, कला, कविता, गजल प्रस्तुत गरेका थिए ।
साथै कार्यक्रममा विभिन्न साहित्य सम्बन्धि पुस्तक को लोकार्पण गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम ब जि सि, स्वार्गद्वरी नगरपालिका प्रमुख टेक प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रगतिशील लेखक संघका केन्द्रिय उपाध्यक्ष समीर सिंह, स्वर्गद्वारी आश्रमका प्रतिनिधि लगाएतले सुभकामना मन्तब्य राखेका थिए ।

आज झिमरुक गाउँपालिकाको ऐतिहासिक स्थान ओखरकोटमा कार्यक्रम गरिने साहित्य परिषद प्युठानका सचिव धुर्व गिरीले बताउनुभयो ।

कार्यक्रममा देशका विभिन्न साहित्यक व्यक्तित्वहरुको सहभागि हुने आयोजकले जनाएको छ । लुम्बिनी प्रदेश तथा राप्ती साहित्य परिषदबाट समेत साहित्यीक श्रष्टाहरुको सहभागिता रहनेछ । कविता प्रतियोगिता सहित विभिन्न कला संस्कृति प्रर्दशन, खुल्ला रचना बाचन लगायतको कार्यक्रम तय गरिएको गिरीले बताउनुभयो ।
साहित्य परिषद प्युठानका उपाध्यक्ष बिमला खनालले जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा पठन तथा लेखन संस्कृतिमा ह्रास आएकाले समेत महोत्सवले नयाँ पुस्तालाई समेत प्रेरित हुने आशा गरिएको बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?