
जुमान सिंह के सी
असोज १२ प्युठान ।
साहित्य परिषद प्यूठानको आयोजनामा रास्ट्रीय स्तरको पहिलो पटक बृहत साहित्य/संगीत महोत्सवको आज दोस्रो दिन झिमरुक गाउँपालिकाको ओखरकोट र सदरमुकाम खलंगामा विभिद कार्यक्रम गरिएको छ।
जिल्लाको कला,साहित्य तथा पर्यटकीय क्षेत्रको प्रचार-प्रसार तथा प्रर्वद्धन गर्ने उदेश्यले साहित्य/संगीत महोत्सव गर्न लागिएको महोत्सव का अध्यक्ष तथा साहित्य परिषद प्युठानका अध्यक्ष नवराज आचार्यले बताउनु भएको छ ।
३ दिन सम्म संचालन हुने महोत्सवको दोस्रो दिन प्रयटकिय तथा रमणीय स्थान ओखरकोटमा पुगि त्याहाको सास्कृतिक तथा यतिहासिक अवस्थाको बारेमा स्थानीय सिदिमान जि सि ले जानकारी गराउनु भएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम ब जि सी, झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, तथा स्थानीय जनप्रतिनिधि तथा समाजसेवीको समेत उपस्थिति रहेको थियो।
ओखरकोट एउटा सास्कृतिक तथा धार्मिक हिसाब ले यतिहासिक ठाउँ भएको पाइन्छ । साहित्यकार तथा कम्युनिस्ट नेता मोहनविक्रम सिंहको गाउँ भएकोले पनि महत्त्वका साथ हेर्ने गरिएको छ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिस्ठानका सदस्य तथा प्राध्यापक डा. गोपिन्द्र पौडेलले साहित्य/ संगीतको बारेमा समाजमा साझा बुझाईमा समस्या भएको बताउनु भएको छ। उहाँले साहित्य, कलाले समाज बिकासमा टेवा दिने भन्दै यसलाई सबैले अङालन आवस्यक रहेको बताउनु भएको छ। साथै उहाले साहित्य, कलालाई पर्यटन सङ्ग जोडेर अगाडी लैजान पर्ने बताउनु भएको छ। प्युठानमा धर्मिक तथा पर्यटकीय सम्भावना धेरै रहेको भन्दै यसको सहि ठिक ढंगले प्रचारप्रसार हुन नसक्दा समग्र जिल्लाको बिकास हुन नसकेको उल्लेख्य गर्नु भएको छ।
साहित्यमार डा. गितु गिरिले प्युठान र स्वर्गद्वारीको बारेमा आफुले धेरै वर्ष अगाडि देखि विभिन्न माध्यमबाट जानकारी तथा प्रकाशन गरिएको भए पनि अझै चिनाउन नसकिएको बताउनु भएको छ। उहाले सरकारको योजना निर्माणमा स्वर्गद्वारीलाई प्राथमिकतामा राखी योजना बनाउनु पर्ने र आफुले सक्दो सहयोग गरिरहेको उल्लेख गर्नु भयो ।
देश भरबाट आएका साहित्यकार, कबिहरुले साहित्य, कला, कविता, गजल प्रस्तुत गरेका थिए
। कविता प्रतियोगिता सहित विभिन्न कला संस्कृति प्रर्दशन, खुल्ला रचना बाचन लगायतको कार्यक्रम तय गरिएको गिरीले बताउनुभयो ।
साहित्यकार समीर सिंहले जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा पठन तथा लेखन संस्कृतिमा ह्रास आएकाले समेत महोत्सवले नयाँ पुस्तालाई समेत प्रेरित हुने आशा गरिएको बताउनु भयो।
ओखरकोटको कार्यक्रम समापन गरि आजै साझ सदरमुकाम खलंगामा कार्यक्रम गरिएको छ।
खलंगा नेवा समाज, जिल्ला समन्वय समिति र मल्लरानी गाउँपालिकाको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा साहित्यकार तथा कबिहरुलाई स्वागत गरिएको थियो। नेवारी लाखेनाच प्रस्तुत तथा अन्य गित संगीतले स्वागत गरिएको छ।
साहित्य परिषद प्युठानका उपाध्यक्ष बिमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा खलंगा र मल्लरानीको ऐतिहासिक महत्त्वको बारेमा स्थानीय बासी सुभाष लवटले जानकारी गराउनु भएको थियो।
साझ खलंगामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख धरम ब जि सी, मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले सुभकामाना व्यक्त गर्नु भएको थियो।
सहभागी साहित्यकार तथा कबिहरुले कविता, गजल बाचन गर्नु भएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरुले कार्यक्रमलाई सफल बनाउनको लागि युवा, विद्यार्थीलाई समेट्न पर्ने सुझाव दिएका थिय।
भोलि १३ गते बिहान पर्यटकीय तथा रमणीय ठाउँ मल्लरानीमा भ्रमण गर्ने र दिउसो बाग्दुलामा कार्यक्रम गरि समापन गर्ने कार्यक्रम रहेको सचीव धुर्व गिरिले जानकारी दिनु भएको छ।
देशका विभिन्न जिल्ला बाट साहित्यकार तथा कबिहरुको सहभागीता रहेको छ।