शुक्रबार, माघ १७, २०८२

मार्चपास ,गित, निर्त्य सहित रक्तिम सांस्कृतिक अभियानको सडक सांस्कृतिक कार्यक्रम सम्पन्न

 

शंकर प्रसाद पोख्रेल बुटवल

रक्तिम सांस्कृतिक अभियानको केन्द्रिय टिमले बुटवलमा सडक सांस्कृतिक कार्यक्रम रुपन्देहीको बुटवल बजारमा  आज सम्पन्न गरेको छ।
ढल्दैन आस्था हाम्रो, शिशिर चिर्ने,चाहे चुंडियोस सिर हाम्रो, रातोलालटिन लगायतका गित र निर्त्यमा रक्तिम कलाकारहरुले आफ्नो कलाहरु बुटवलका दर्शक सामु पस्केकाथिए, दर्शक हरुले चासोपुर्बक मरोन्जन समेत लिएकाथिए।

रक्तिमका कलाकारहरुले बुटवलका मुख्य चोक पुरानो बसपार्क ,बिपि चोक ट्राफिक चोक लगायतका ठाउहरुमा गित निर्त्य प्रस्तुत गरेकाथिए।

रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय अध्यक्ष गिरि प्रसाद बुढा ,उपाध्यक्ष हेमराज आश्रम ,मोहराज सर्मा जीवन पुन ,मेस्मा पुन ,उषा तारमी मगर सीता बस्याल ,महासचिव जीवन साही,कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य लगायतको उपस्थिति थियो।

रक्तिम सांस्कृतिक अभियानको प्रशिक्षणको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसिले पाच दिन पहिले  उद्घाटन गर्नुभएको थियो। रक्तिम सांस्कृतिक अभियानको कार्यक्रम आजै समापन भएको छ। प्रशिक्षण कार्यक्रममा देशभरका साठी जना प्रसिक्षार्थी र सात जना भन्दा बढी प्रशिक्षकहरुले भाग लिएका थिए। रक्तिममा अधिकांस नयाँ अनुहारहरु आएकोले यो प्रशिक्षण कार्यक्रमले केही नयाँ रक्तिम कलाकार हरु जन्माउने अपेक्षा आयोजकले गरेको अध्यक्ष गिरि प्रसाद बुढाले झिमरुकपोस्टलाइ   बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal