बिहिबार, भदौ २६, २०८२

संघीयताका बिरूध्द जनमत,हाम्रो कार्यकालको महत्त्वपूर्ण उपलब्धि:तारा जिसी

शंकर प्रसाद पोख्रेल
देउखुरी आश्विन १४ गते ।
लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाकाे आफ्नै नवनिर्मित भवनमा प्रदेश सरकारले पहिलो पटक आधिकारिक रूपमा आयाेजना गरेकाे चाडपर्वकाे शुभकामना आदान-प्रदान तथा प्रथम एैतिहासिक प्रदेश सभाका माननीय सदस्यहरूकाे सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अर्थ,उद्योग तथा पर्यटन समितिका सभापति राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश सांसद मा० तारा जिसीले आफ्नाे कार्यकालकाे सबैभन्दा महत्वपूर्ण उपलब्धि देशले संघीयता धान्न सक्दैन,यसलाई खारेज गर्नुपर्छ भनेर यस्का दूस्परिणामहरूलाई जनजनमा पुराउन सफल भएकोमा गर्व लागेकाे बताउनुभयो ।

प्रदेश सदनमा संघीयताकाे बिराेध गर्ने शूरूमा म एक्लै थिए,देशको कम्जोर आर्थीक अवस्था र प्रदेशहरू व्यवस्थापनमा खर्च हुने बजेटको ठूलाे हिस्साले देशले संघीयता धान्न नसक्ने पुष्टि भएको छ। हाम्रो कार्यकालमा देशले धान्न नसक्ने व्यवस्था बिरूद्व व्यापक जनमत एकातिर तैयार भयाे भने प्रदेश सभा भित्र पनि संघीयता बिरूद्व जनमत तैयार गर्न सफल भएकोमा मैले आफ्नाे याे महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेकाे अनुभव भएको छ भन्नुभयो ।

कसैलाई संघीयता व्यवस्थित हुदै गएकाे जस्ताे लागेकाे हाेला,हामीले चाहेकाे व्यवस्था ल्यायाै हाम्रो जीत भयो भन्ने गरेको पनि सुनिन्छ ।तर वास्तविकता हामीले साेचे जस्ताे छैन,तपाई हाम्रो जीत-हार महत्त्वपूर्ण हाेईन समग्रमा संघीयता खारेज नभए देशले हार्ने छ। त्यस तर्फ सबैको ध्यान जान जरुरी छ भन्नुभयो ।
राजमाे प्रदेश सांसद जिसीले विजया दशमी,छडपर्व र तिहारकाे अवसरमा सम्पूर्ण देशवासीहरूलाई राष्ट्रिय जनमाेर्चा र आफ्नाे तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो ।
सभामुख मा०पूर्णबहादुर घर्तीकाे अध्यक्षता,प्रदेश प्रमुख अमिक शेरचन ज्यू प्रमुख अतिथी र मुख्यमन्त्री मा० कुल प्रसाद केसी विशिष्ट अतिथी रहनु भएको कार्यक्रममा प्रतिपक्षले व्हीप जारी गरेर कार्यक्रम वहिस्कार गरेकाे थियोे ।अर्घाखाँची,गुल्मी,पाल्पा,रूपन्देहीबाट प्रतिनिधितब गर्ने सत्तापक्षका समेत मा०मन्त्री अजय शाही र मा०दीपा विक बाहेक रहस्यमयी प्रकारले कसैकाे पनि उपस्थिति थिएन। प्रथम ऐतिहासिक प्रदेश सभाका माननीयहरूलाई सफलकार्यकालकाे लागि कार्यक्रममा सम्मान गरिएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?