बिहिबार, भदौ २६, २०८२

१४ गतेकाे सडक सांस्कृतिक कार्यक्रम बारे

रबि पाैडेल ,पाण्डेचरि

२०७९ असाेज १० देखि १५ गतेसम्म रक्तिम परिवार केन्द्रित समितिकाे पाँच दिने प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भयाे ।प्रशिक्षण कार्यक्रम पछि २०७९ साल असाेज १४ गते बुटवलका सडक हरु मा सडक सास्कृतिक कार्यक्रम हरु प्रस्तुत भए ।धेरै लामो समय पछि रक्तिम परिवार ले याे एेतिहाँसि कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल मा पस्चिमि छाडा संस्कृति काे बिरुद्ध रक्तिम परिवार ले जनता का गित गाएर जनता लाई सचेत बनाउने उदेश्य ले गरिएको याे कार्यक्रम देशभक्ति पुर्ण अान्दोलन काे रुपमा बुझ्नुपर्छ ।साथै रक्तिम परिवार ने क पा मसाल काे भातृ संगठन भएको ले यसले चलाउने अान्दोलन वा कार्यक्रम हरु नयाँ जनबादि क्रान्ति लागि अाधार तयार पार्ने याेजना अन्तरगत नै सञ्चालित हुन्छन् ।भनेर बुझ्नुपर्छ ।

रक्तिम सास्कृतिक अभियान मा केही साथिहरु ले भाँजो हाल्ने प्रयत्न गरेपछि केन्द्रीय समिति काे २०७९ साल साउन १६ र १७ गते तेस्रो रास्टिय भेला सम्पन्न गरेको थियाे ।त्यो रास्टिय भेलाले अागामि २०७९ साल चैत्र २४,२५ र २६ गते बुटवल मा चाैथाे रास्टिय सम्मेलन गर्ने तयारी पनि गरेको छ । याे पाँच दिने प्रशिक्षण कार्यक्रम र असाेज १४ गते काे सडक सास्कृतिक कार्यक्रम त्यसै सम्मेलन तयारी काे पुर्व सन्देश पनि हाे ।

देशभरिका कलाकार हरुलाई चेतनाको स्तर अरु माथि उठाउन नृत्य र कला सिकाउन साथै कला लाई राजनीति सँग गाँसेर पार्टी काे नीति सिद्धान्त र अनुशासन मा बसेर काम गर्ने कुरा निकै चुनाैपुर्ण कुरा हाे ।बिगत मा अाफुलाई अब्बल दर्जाका कलाकार ठान्ने ,ठानिने र ठानिएका हरुले पार्टीको नीति र नियम बिपरित अनुशासन काे पालना नगर्ने अंश हरु नदेखिएका हाेईनन । यसले रक्तिम परिवार लाई क्षति मात्र पुगेन पार्टी लाई समेत घाटा पुर्याउने गरेको छ ।सकभर अागामि दिन मा यस्तो प्रवृत्ति काे अन्त्य हाेस भन्ने सबै काे साेच हुनुपर्छ ।

देश का कलाकार हरु रास्टिय गहना हुन ।अझ पार्टी का कलाकार हरु काे सामाजिक क्षेत्र मा क्रान्तिकारी भुमिका हुन्छ ।लाेकदाेहाेरि देशकाे संस्कृति सँग जाेडिएकाे हुन्छ ।जनबादि गित र नृत्य हरु बामपंथी अान्दोलन सँग जाेडिएकाे हुन्छ ।साथै पार्टीको भुमिका सँग जाेडिएकाे हुन्छ ।सास्कृतिक रुपान्तरण काे लागि कलाकार हरुलाइ सङगठनात्म रुपमा ,बिचारधारात्मक रुपमा र कलात्मक रुपमा तयार पार्नु पर्छ वा तयार हुनु पर्छ ।

२०७९ असाेज १४ गते बुटवल काे सडक मा भब्य सडक सास्कृतिक कार्यक्रम रक्तिम परिवार ले प्रस्तुत गरेको थियाे ।कार्यक्रम का भिडियो र फाेटाहरु फेसबुक देखि मिडिया अनलाइन पत्रिका हरुले छापे ।थुप्रै साथिहरु ले बधाई र शुभकामना दिए ।धेरै ले सेयर गरे ।तर कतिपय साथि हरुले दुनियाँ का छाेराछाेरि नउफारे कै राम्रो ! अथवा जनबाद ल्याउन हाेला ? साथै कतिपय ले त मसाल सकियो भन्थे यति धेरै कहाँ बाट अाए भनेर कमेन्ट् गरेको पनि पाईयाे ।अाफ्ना अाफ्ना कुराहरु राख्न पाईन्छ ।कसैलाई मन पर्छ कसैलाई मन पर्दैन त्यो अलग कुरा हाे ।तर लामाे समय रास्टिय जनमाेर्चा र मसाल लाई समर्थन गर्ने साथिहरु बाट यस्ता कुरा अाउनु गैरजिम्मेवार कुरा हाे ।त्यहाँ कसैले कसैला जबर्जस्ती तानेर नाच्न लगेको हाेईन । त्यसका पछि सङगठन छ ।समिति हरु छन ।ती कलाकार हरु त्यहि सङगठन र समिति हरु बाट परिचालन छन भन्ने कुरा हामीले राम्रोसँग बुझ्नुपर्छ ।रक्तिम परिवार पार्टीको अंग भएको ले पार्टीको नीति सिद्धान्त र नियम अनुसार चलेको छ भन्ने कुरा पनि बुझ्नुपर्छ ।

हामी लामो समय सम्म पार्टी सङगठन मा लागेर काम गर्दै अाईरहेका छाै ।हामीले धेरै कुराहरू सिकिसकेका पनि छाै ।तर त्यो भन्दा अझ बढि हामीले सिक्नु पर्ने कुरहरु पनि छन ।हामीले क्रान्ति का कुरा सुन्दै जाँदा हामीले समर्थन गर्ने पार्टी र सङगठन मा टुटफुट का कारण हामीलाई खुसि नगाग्न सक्छ ,नराम्रो लाग्न सक्छ ।चिन्ता लाग्न सक्छ ।तर हामीले याे पनि बुझ्नुपर्छ कि सबै मानिस हरु ईमानदार र सक्षम पनि हुदैनन् ।ईमानदार र सक्षम मानिहरु स्वार्थि हुदैनन् भनेर बुझ्नु पनि गलत हुन्छ ।पार्टी सङगठन मा पद ,स्वार्थ ले पनि काम गरेका धेरै मानिस हरु हुन्छन ।वास्तविक देश र जनताको पक्षमा काम गर्ने ईमानदार हरुले पार्टी छाेड्दैनन ।अाँधि नै अाए पनि ,पहाडै खसे पनि पार्टी छाेड्नु बेइमानी हाे अर्को पार्टी मा प्रवेश गर्नु स्वार्थ हाे ।त्यसकारण यस्ता घटनाहरु बाट बिचलित हुनुहुदैन ।नेपाल काे सन्दर्भ नेकपा मसाल एउटा क्रान्तिकारी पार्टी हाे ।रास्टिय जनमाेर्चा ले संसद देखि सडक सम्म र सडक देखि संसद सम्म रास्टियता ,जनतन्त्र र जनजिबिका काे पक्षमा अावाज उठाउदै र अान्दोलन गर्दै अाईरहेकाे छ ।अरु पार्टी हरु सत्ता स्वार्थ र रास्टघात अनि भस्टाचार र बिदेशी दलाल हरुकाे चंगुल मा फसिसकेकाे अबस्थामा नेकपा मसाल र रास्टिय जनमाेर्चा नै देश काे सहि राजनीतिक पार्टी हाे भनेर बुझ्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?