बिहिबार, भदौ २६, २०८२

आचारसंहिता पुर्ण पालना गर्न गराउन मुख्य निर्वाचन अधिकृत योगिको आग्रह

जुमान सिंह के सी
प्युठान असोज २७
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आचार संहितको पालना गर्न गराउन सरोकारवाला निकायलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ ।
आज जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा आचार संहिता विषयक अन्र्तक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत देव प्रसाद योगीले उम्मेदवार, राजनीतिक दल, कर्मचारी,शिक्षक, पत्रकारलाई निर्वाचन आयोगले जारी गरेको विभिन्न आचार संहिताकोपुर्ण पालना गर्न आग्रह गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अघिल्लो स्थानीय तहको निर्वाचनमा आचार संहिता उल्लंघनका केहि घटना भएको स्मरण गराउँदै यसपटक कडाई गरिने बताउनुभयो ।उहाले विशेष गरेर भोज भतेर, सवारी साधनको प्रयोग, झण्ड चिन्हको प्रयोगबारे बढी उजुरी आउने गरेको भन्दै त्यसतर्फ दलहरुनै सचेत भएर आचार संहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचन प्रचारको कार्यक्रम निर्वाचनको मितिभन्दा १७ दिन अघिबाट मात्र गर्न दलहरुलाई आग्रह गनुृभएको छ ।

जिल्लामा अहिले कर्मचारीको विषयमा गुनासो आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस विषयमा आफूहरु संवेदनशिल भएको र त्यस्ता कर्मचारीलाई निर्वाचनमा खटाउने विषयमा ख्याल गनुपर्ने जिल्ला निर्वाचन कार्यालय प्युठानका निर्वाचन अधिकारी देविराम पाठकले बताउनुभयो ।

निर्वाचन आचार संहिता उल्लंघनका घटनाहरु हुने गरेपनि त्यसलाई निष्पक्ष रुपमा कानुनी कारवाही गर्न प्रहरी प्रशासन र आयोगको भूमिका हुनुपर्नेमा छलफल भएको थियो।

कार्यक्रममा पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजालले पत्रकारहरुले आफ्नो आचार संहितामा रहेर पत्रकारिता गर्ने बताउँदै निर्वाचन सम्वन्धि आचार संहिता समेत पालना गर्ने बताउनुभयो । उहाँले आचार संहिता उल्लंघनका घटना भएपनि कारवाही प्रभावकारी गराउन पर्ने बताउनुभयो ।

कार्यक्रममा सहायक निर्वाचन अधिकृत विरेन्द्र प्रकाश खड्काले स्वागत र निर्वाचन अधिकारी देविराम पाठकले आचारसंहिता सम्बन्धि आयोगले गरेको ब्यबस्था सम्बन्धि प्रस्तुति गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?