बिहिबार, भदौ २६, २०८२

लोकतान्त्रिक वामगठबन्धन बागलुङ क्षेत्र नं.१को निर्बाचन सम्पर्क कार्यलय उदघाटन

२०७९ असाेज २८ गते लोकतान्त्रिक वामगठबन्धन बागलुङ क्षेत्र नं.१ को निर्बाचन सम्पर्क कार्यलय बाग्लुङ बजारमा गठबन्धन तर्फबाट बागलुङ १ का साझा उम्मेदवार चित्र बहादुर केसीले रिवन काटेर उद्घाटन गर्नु भयको छ । उदघाटन पश्चात् ब्राउन अाईसकाे सभाहलमा उम्मेदवार परिचय तथा कार्यकर्ता प्रसिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा लोकतान्त्रिक वामगठबन्धन बागलुङ क्षेत्र नं.१ का साझा उम्मेदवार राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीले संबाेधनकाे क्रममा प्रतिगमनकाे अन्त्य संबिधानकाे रक्षा, राजनैतिक स्थायित्वका लागि लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवारहरु बिजयी गराउन सबैमा अनुरोध गर्नु भएकाे थियाे । कार्यक्रममा लोकतान्त्रिक वामगठबन्धन बागलुङ क्षेत्र नं.१ क का साझा उम्मेदवार नेपाली काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्र बहादुर थापा, लोकतान्त्रिक वामगठबन्धन बागलुङ क्षेत्र नं.१ ख का साझा उम्मेदवार नेपाली काँग्रेस नेता डिल्लीराम सुवेदी, ने क पा माअाेबादी केन्द्रका केन्द्रीय सदस्य बलावती शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेबि खडका, नेकपा समाजबादी बागलुङका अध्यक्ष लालबहादुर थापा र जनता समाजबादीका चित्र सापकाेटा लगायतले संम्बाेधन गर्नु भएकाे थियाे । कार्यक्रम राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेलकाे सञ्चालन, नेपाली काँग्रेस बागलुङका का.बा. अध्यक्ष सागर छन्त्याल काे अध्यक्षतामा सम्पन्न भएकाे थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?