बिहिबार, भदौ २६, २०८२

प्युठानमा प्रतिगमनलाइ परास्त गर्छौ :रोज राणा

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल

बाम लोकतान्त्रिक गठबन्धनका प्युठान ख का प्रदेस सभा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता सरोज थापा( रोज राणले) प्युठान बाट रुपन्देहीको बुटवलमा बसो बास गर्दै आएका बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरुसित आज भेटघाट गरेकाछन बुटवलको मेरिगोल्ड होटेलमा भेट्घाट कार्यक्रममा बोल्दै रोज राणाले प्रतिगमनलाइ परास्त गर्नको लागि प्युठानमा गठबन्धनका कार्यकर्ताहरुले इमानदार रूपमा उम्मेद्बारहरुलाइ जिताउन लागिपर्न सबैलाइ आव्हान गरेकाछन,रोज राणाले गठबन्धनका कार्यकर्ताहरु अनुसासित र गठबन्धनको मर्म भावना अनुसार अगाडि बढ्नुपर्ने बताए।

सरोज थापा(रोज राणाले) केन्द्र र प्रदेशमा एक सिटलेपनी सरकार बन्ने र न बन्ने खेल हुनेभएकोले गठबन्धनका सबै उमेदवारलाई जिताउन आफू आफ्नो टिम गठबन्धनका सवै उम्मेद्बारहरुलाइ चुनाव जिताउन एक ढिक्का भएर लाग्ने र प्रतिगमनलाइ प्युठान बाट परास्त गरि छाड्ने बताए।

गठबन्धनका उमेदवारहरु संघमा दुर्गा पौडेल, क का प्रदेश उम्मेद्बार कृस्न अधिकारी ,ख का प्रदेश सभा उम्मेद्बार सरोज थापा रोज राणा बाम लोकतान्त्रिक गठबन्धन बाट उम्मेद्बार बनेकाछन ।

रोज राणाले गठबन्धनका कार्यकर्ताहरुसित मन्तव्य राख्दै प्युठानमा बिकासको मोडेल लिएर आफुहरु आएकोले

प्युठानको बिकासको लागि आम जनताहरुसित छलफल गरेर अगाडि बढ्ने र सल्लाह सुझावहरु गह्रण गर्ने उनले बताए।

नेपाली कांग्रेस रुपन्देही प्युठान समर्क मन्चको आयोजनामा भएको कार्यक्रमको संचालन
संचालन बिस्नु प्रसाद खनाल स्वागत बिकास थापा र सभापतित्व महेस पोख्रेलले गर्नुभएको थियो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा रुपन्देही प्युठान सम्पर्क मन्चका अध्यक्ष कृस्न जिसि माओबादिका नेता भरत केसि ,कांग्रेस प्युठानका कोसाधक्ष्य दिपक केसि ,बाबुराम एमसी ,प्रतिभा पौडेल , बालाराम पौडेल ,पदम प्रताप जिसि,रोहन क्षेत्री ,प्रदिप खत्री,माधब केसि ,गोबिन्द खत्री ,हरि खड्का,सिटि पोख्रेल असोक केसि ,गिरिराज खड्का, प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य संकर प्रसद पोख्रेल ,अखिल छैटौंका प्युठान जिल्ला अध्यक्ष नवीन केसि , लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्नेहरुमा राष्ट्रिय जनमोर्चा रुपन्देही प्युठान सम्पर्क समितिका अध्यक्ष कृस्न जिसि थिए उनले प्रतिगामिहरुलाइ हराउनु अहिलेको आवस्यकता भएको बताए ,त्यसैगरी माओबादिका भरत केसिले प्युठानमा प्रतिगामिहरुले विभिन्न भ्रमहरु छरेकाले ती भ्रमबाट मुक्त भै गठबन्धनका उम्मेद्बारहरुलाइ चुनाव जिताउनको लागि प्युठान जान सबैलाई आग्रह समेत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?