बिहिबार, भदौ २६, २०८२

बालेनलाई खुला पत्र!

नविन कक्षपती

“गरिबको चमेलि बोल्दिने कोही छैन”

यो गीत मेयर बालेन साहले गाएको जस्तो लाग्छ। यो गीत बालेनले गाएसंगै देशमा गरिबी बेरोजगार र भ्रष्टाचार कति व्याप्त छ भन्ने सन्देश दिन्छ। यहीँ भावनात्मक गीत गाएर तिमीले सत्ता सयर को आधार बनायौ। सबैको मन जित्यौ। विज्ञानका कुरा गयौं,धर्म संस्कृति र सम्पदाको संरक्षणका कुरा गयौं,स्वस्थ शिक्षा र रोजगारीका कुरा गयौ,गरिबका कुरा गयौं ,चमेलिका दुख र सुखका कुरा गयौ र सुन्दर सहरको परिकल्पनाका कुरा गयौं आबाज उठायौ। तर आज किन यति छिट्टै आफ्नो बाचा कसमहरु भुल्यौ। के तिमिले भावनात्मक blackmail मात्र गरेका हौ। होइन भने तिमीले सत्ता सयर गरेको छ महिनामा चमेलिहरुको जिबनमा के त्यस्तो चमत्कार गयौं #balen ? र अब कसैले ठेलामा मकै र फुटफाटमा साग बेचेर बाँच्न नपर्ने गरि तिमीले काम र माम दिएकै हो त। स्थानीय सरकारले यति ब्यबस्थापन गर्दागर्दै पनि सडकमा ओर्लनु चमेलिहरुको भुल हो। होइन भने तिमीले चमेलिहरु माथि कुठाराघात गर्दै छौ। किनभने सडकबाट आवाज उठाउनु र सत्तामा पुगेपछि व्यवस्थापन गरि समस्याको समाधान गर्नुमा फरक कुरा हो। न्यायीक व्यवस्थापन यस्तो कुरा हो कुसल लिडरले मात्र गर्न सक्छ। जुन शासकले हरेक व्यवस्थापनको विकल्प दिन सक्दैन जोसंग भिजन छैन त्यसले विभिन्न नाममा आफ्नो कमीकमजोरी अक्षमता लुकाउन निमुखा जनतामाथि कथित कानुनको डण्डा चलाउछ । साथै न्युनतम मानवीय आवश्यकता लाई समेत ख्याल नगरी गरिब र बेरोजगारी लाई ठेल ठाल पेल पाल पारि निर्मूल गर्ने दुस्साहस गर्छ। आज सौन्दर्यको नाममा चमेलिहरुमाथीको ज्यादती त्यसैको उपज हो । खबरदार सडक कसैको प्यारो हुदैन तर हाम्रो देशमा गरिबी र बेरोजगार व्याप्त रहेको अबस्थामा को कतिखेर सडकमा ओर्लेर ठेला धकल्नु पर्छ त्यो राज्यले लिने निति-नियमले निर्धारण गर्छ रहरले होइन। तिम्रो सहरको गरिबी बेरोजगार र अशिक्षा, दुषित ढलको पानी,फोहर-मैला,टुकुचा असफल काण्ड,ट्राफिक जाम,कुरुप होडिङबोड र यत्रतत्र तारहरु कुन सौन्दर्यको परिभाषा भित्र पर्दछ र तिनलाई बेवास्ता गरि निमुखा गरिब दुखीहरुको जिउने आधार माथि नै पहिलो प्रहार गर्दैछौं। आज यो फुटपाथ र ठेला ब्यापार सस्तो सर्वसुलभका हिसाबले एउटा व्यक्तिको जीवन संग मात्र जोडिएको छैन आम निम्न आयस्रोत भएका हामी जस्ता परिवारहरू संग पनि जोडिएको छ। त्यसैले यी धेरै चमेलिहरुका बाच्ने आधार मध्य यो पनि एउटा आधार हो। सरकार यी माध्यमहरु बाहेक चमेलिको बाच्ने आधार के ? नेपाली समाजको वर्गीय यथार्थमा नओर्ली यहाँ चमेलिका गीत गाइदे मात्र पुग्छ,तर यहाँ आशु पुछ्नु पर्दैन क्या गजब छ। त्यसैले त तिम्रो हजारौं राम्रो कामलाई यी चमेलिहरुको शक्तिशाली आसुले ओझेल पारिदिन्छ,आज सारा जनता तिम्रो विपक्षीमा उभिएका छन्।
अन्त्यमा”यसको विकल्प विना चालिने कदमले यहाँ धेरै चमेलिहरुको रोजीरोटी खोसिने निश्चितप्राय छ। त्यसैले हामीलाई बिनाश पछि बिकास होइन,व्यवस्थापन सहितको बिकास चाहिएको हो मेयर साप।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?