शनिबार, साउन १२, २०८१

उजिरसिंह मा•बि बुटवलमा अखिल (छैठौं) को संगठन निर्माण

टेकराज भुसाल,
चैत्र ०३ बुटवल।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति रुपन्देहीको आयोजनामा आज बुटवलको उजिर सिंह माध्यमिक बिद्यालयमा संगठन निर्माण भएको छ ।

एक महिने संगठनात्मक अभियान अन्तर्गत उजिर सिंह मा•बिमा २१ सदस्यीय इकाइ समिति गठन गरेको छ। समितिको अध्यक्ष पुष्पा थापा, उपाध्यक्ष गणेश जिसी, सचिव नारायण राउत, सहसचिव किरण राई र कोषाध्यक्षमा अन्जली वनियालाई चयन गरेको छ।

त्यस्तै सदस्यहरुमा करुणा खाती, अमर राना, माेतिराम दर्लामी, बाेधकला बगाले, मनिसा थापा, रिया श्रेष्ठ, सुजन गाहा, आशिष् बस्नेत, किरण खड्का, चाेपलाल बेल्वासे, सुस्मिता राना, मुना थामी, नारायण राना र गिता मगर रहनुभएकाे छ।

कार्यक्रममा अखिल (छैठौं) रुपन्देहीका जिल्ला अध्यक्ष सराेजमान सिंह, सचिव सागर बेल्वासे, काेषाध्यक्ष मिलन परियार, सदस्य टेकराज भुसाल र कुलचन्द्र शर्माले प्रशिक्षात्मक मन्त्वय राख्नुभएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal