बिहिबार, भदौ २६, २०८२

केदारनाथमा हेलिकोप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

भारत दिल्लि । भारतको उत्तराखण्डस्थित केदारनाथ नजिक दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित सात जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार केदारनाथबाट दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा हेलिकोप्टर दुर्घटना भएको हो ।

उत्तराखण्डका मुख्यमन्त्रीका प्रमुख सचिव अभिनव कुमारले हेलिकोप्टर दुर्घटनामा दुई पाइलटसहित सात जनाको मृत्यु भएको पुष्टि गरेका समाचारमा जनाइएको छ ।

खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । अहिले उद्धारको काम भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?