
काठमाडौं । भाउजुसँगको अ’नैतिक सम्बन्ध लुकाउन दाजुको ह’त्या गर्ने भाई १२ वर्षपछि पक्राउ परेका छन् ।दाई ह’त्या अभियोगमा कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाएका प्रेमबहादुर राना १२ वर्षपछि पक्राउ परेका हुन् ।
दाङको घोराही उपमहानगरपालिका–१९ का रानालाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा एको छ ।जन्मकैदको फैसलापछि उनी फरार रहेका थिए । तर शनिबार महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लियो ।
प्रहरीका अनुसार रानाले दाजु नाता लाग्ने छिमेकी ३२ वर्षीय सूर्यबहादुर रानालाई मारेका थिँए । उनलाई दाङ‚ देउखुरीस्थित जिल्ला अदालतले जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो । रानालाई आइतबारै कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको थियो ।
घटना अनुसार श्रीमती र परिवारलाई गाउँमा छोडेर घोराही उपमहानगरपालिका–१९ का राना वैदेशिक रोजगारीका लागि कतार गएका थिए । उनी कतार हुँदा गाउँमा उनकी श्रीमती विन्दु राना र देवर नाता पर्ने छिमेकी प्रेमबहादुर रानाबीच अ’नैतिक सम्बन्ध चल्न थालेको खुलासा भयो । २ वर्षपछि सूर्यबहादुर ०६७ सालमा घर फर्किए ।
तर‚ राना घर आएको पाँचौं दिनमै प्रेम र विन्दुले अ’नैतिक सम्बन्ध बचाउन ह’त्या गरेका हुन् । सूर्यबहादुरलाई जाँ’डमा ध’तुरो मिसाएर विन्दुले पिलाएकी थिइन् । त्यसपछि बे’होस भएका सूर्यबहादुरको घाँटी थिचेर ह’त्या गरियो । सानाको शव जंगलको भिरालो खोल्सामा फालिएको थियो ।