बिहिबार, भदौ २६, २०८२

प्युठानमा गठबन्धनका उम्मेदवारलाई जिताउन काठमाडौँमा समिति गठन

काठमाडौँ । प्युठानमा प्रतिगमन विरोधी गठबन्धनका उम्मेदवारलाई विजय गराउन काठमाडौँमा प्युठान–काठमाडौँ वाम–लोकतान्त्रिक गठबन्धन चुनाव समन्वय तथा परिचालन समिति गठन भएको छ ।

२०७९ कात्तिक ५ गते बागबजारमा सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो ।

भेलाले चार दलबाट दुई दुई जना सदस्य रहनुभएको आठ सदस्यीय मूल समिति र चारै दलका एक एक जना रहने गरी चार जना सल्लाहकार चयन गरेको छ ।

समितिको संयोजकमा राष्ट्रिय जनमोर्चा अधिवक्ता पदम रोका रहनुभएको छ भने सचिवमा नेपाली काङ्ग्रेस अर्जुन गिरी, सदस्यहरूमा राष्ट्रिय जनमोर्चाका अमरबहादुर पौडेल, नेपाली काङ्ग्रेसका ऋषिराम पुरी, नेकपा (माओवादी केन्द्र) का वीरेन्द्र खड्का र रमेश सापकोटा तथा नेकपा (एकीकृत समाजवादी) का नवीन कक्षपति र विवेक घर्तीमगर रहनुभएको छ ।

त्यसैगरी सल्लाहकारमा राष्ट्रिय जनमोर्चाका समीर सिंह, नेपाली काङ्ग्रेसका सुवास केसी, नेकपा (एकीकृत समाजवादी) का लुना रिजाल र नेकपा (माओवादी केन्द्र) का राजेन्द्र भट्टराई रहनुभएको छ ।

यो समिति गठन गर्नका लागि यसअघि पटक पटक चारैओटा दलसम्बद्ध सम्पर्क समितिको संयुक्त प्रारम्भिक बैठक बसेको थियो । सो पहलकदमी राजमोका अधिवक्ता पदम रोकाले गर्नुभएको थियो ।

हाल गठित समितिले प्युठानमा प्रतिगमन विरोधी गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचार प्रसार तीव्र पार्ने, नकारात्मक प्रचारको चिरफार गर्ने, मङ्सिर ४ गते मतदातालाई प्युठान पुर्याउन ठोस पहलकदमी गर्ने जस्ता निर्णय गरेको संयोजक अधिवक्ता पदम रोकाले युगदर्शनलाई बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?