शनिबार, भदौ २१, २०८२

नेपालमापनी सुर्य गह्रण देखियो

नेपालमा सूर्य ग्रहण देखिएको छ । मंगलबार दिउँसो २ बजेर २० मिनेटमा आइसल्याण्डबाट सुरु भएको सूर्य ग्रहण अपरान्ह ४ बजेर ४७ मिनेट जाँदा नेपालमा देखिएको हो ।

नेपालको पश्चिमी क्षेत्र महेन्द्रनगरबाट देखिने सूर्य ग्रहण क्रमसः पूर्वी भेगबाट हेर्न सकिन्छ ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका अनुसार सूर्य ग्रहण महेन्द्रनगरमा ४ः४७ मा, पोखरामा ४ः५१, काठमाडौंमा ४ः५४, भद्रपुर र जनकपुरमा ४ः५८ बजे देखिने छ।

काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?