
बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं १ मा २०७९ कार्तिक १२ गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएकाे छ । प्रचार प्रसार कार्यक्रम पाला जाम्ले, धिमी तिनकुने चाेक, करिना, खहरेमा सम्पन्न भएकाे थियो । जनभेटघाट तथा प्रचार कार्यक्रममा बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार तथा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रतिगामीहरुलाई परास्त गरी संबिधानकाे रक्षा गर्न र राजनैतिक स्थायित्वका लागि बाम लाेकतान्त्रिक उम्मेदवारहरुलाई बिजयी गराउनुकाे बिकल्प नरहेकाे बताउनु भयाे । कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्र बहादुर थापाले स्थायी सरकार र दिगो बिकाशका लागि बाम लाेकतान्त्रिक उम्मेदवारहरुलाई बिजयी गराउन अनुराेध गर्नु भयाे । कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार ज्ञान कुमारी श्रीस, राष्ट्रिय जनमाेर्चा प्रदेश समानुपातिक उम्मेदवार लक्ष्मी बास्काेटा, ए नेकपा माअाेबादी का प्रदेश समानुपातिक उम्मेदवार लक्ष्मी खडका, पाँच दलिय गठबन्धन निर्वाचन परिचालन समिति काठेखाेला १ का संयाेजक टीका थापा, गणेश नेपाली ले मन्तव्य राख्नु भएकाे थियो । प्रचार कार्यक्रममा पाँच दलिय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरीय नेता तथा कार्यकर्ताहरुकाे सहभागी रहेकाे थियाे ।