आइतवार, माघ ५, २०८२

बागलुङ काठेखाेला २ भिमापाेखरामा गठबन्धनको चुनावी भेटघाट सम्पन्न

बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं २ मा २०७९ कार्तिक १३ गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएकाे छ । प्रचार प्रसार कार्यक्रम भिमापाेखराकाे अक्षेते बजार, सलाम, नाकेधारा, मुलठाना, सिम काभ्रेमा सम्पन्न भएकाे थियो । जनभेटघाट तथा प्रचार कार्यक्रममा बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार तथा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीले याे लडाइँ ब्यक्तिकाे नभई विधि र पद्धति कायम गर्न भएकाेले संबिधान रक्षाकाे लागि प्रतिगामीहरुलाई हराउनै पर्ने र राजनैतिक स्थायित्वका लागि बाम लाेकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई बिजयी गराउनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्र बहादुर थापाले संविधानकाे रक्षा र दिगो बिकाशका लागि गठबन्धनकाे बिकल्प नरहेको बताउदै गठबन्धनका उम्मेदवारहरु लाई बिजयी गराउन अनुरोध गर्नु भयाे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य रामजी प्रसाद शर्मा, नेकपा माअाेबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाली काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार ज्ञान कुमारी श्रीस, चम्पादेबि खडका, राष्ट्रिय जनमाेर्चा प्रदेश समानुपातिक उम्मेदवार लक्ष्मी बास्काेटा, ए नेकपा माअाेबादी का प्रदेश समानुपातिक उम्मेदवार कुशुम बुढा, लक्ष्मी खडका, पाँच दलिय गठबन्धन निर्वाचन परिचालन समिति काठेखाेला २ का संयाेजक बिदुर भण्डारी, ताेरणध्वज मल्ल ले मन्तव्य राख्नु भएकाे थियो । प्रचार कार्यक्रममा पाँच दलिय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरीय नेता तथा कार्यकर्ताहरुकाे सहभागी रहेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?