
बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं ६मा २०७९ कार्तिक १७गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम बिहुकाे ईनारपानीमा सम्पन्न भएकाे छ । जनभेटघाट तथा प्रचार कार्यक्रममा बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार तथा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रतिगामीहरुले गणतन्त्र र संविधान माथि पटक पटक गरेकाे अाक्रमणबाट जाेगाउन संबिधानकाे रक्षाका लागि गठबन्धन गर्नु परेकाे बताउदै राजनैतिक स्थायित्वले जनताकाे समस्या संबाेधन गर्ने भएकाेले गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन अनुरोध गर्नु भयाे ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्र बहादुर थापाले दिगो बिकाशबाट समृद्धिकाे यात्रा सुरु हुन्छ । दिगो बिकास स्थायी सरकारले मात्रै दिने भएकाेले गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनु पर्नेमा जाेड दिनु भयाे ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, केन्द्रीय सल्लाहकार बेदिलाल सापकोटा, नेकपा माअाेबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, नेपाली काँग्रेसका नेता तथा पुर्व सांसद गाेबिन्द्र कडेल, पुर्व साँसद टंक प्रसाद कडेल, संबिधान सभा सदस्य रत्ना सेरचन, नेपाली काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार ज्ञान कुमारी श्रीस कँडेल, चम्पादेबि खडका, राष्ट्रिय जनमाेर्चा प्रदेश समानुपातिक उम्मेदवार पियारी थापा, नेकपा माअाेबादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार लक्ष्मी खडकाले मन्तव्य राख्नु भएकाे थियो ।
कार्यक्रम पाँच दलिय गठबन्धन निर्वाचन परिचालन समिति काठेखाेला-६ का संयाेजक श्री प्रशाद न्याैपानेकाे अध्यक्षता, सुदिप कँडेलकाे सञ्चालन र गंगा कँडेलकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा पाँच दलिय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरीय नेता तथा कार्यकर्ताहरुकाे अातित्थ्यता रहेकाे थियाे ।











