बिहिबार, भदौ २६, २०८२

बागलुङ काठेखाेला ८ लेखानीमा चुनावी कार्यक्रम सम्पन्न :केसी द्वारा संबोधन

बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं ८मा २०७९ कार्तिक १८ गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम लेखानीकाे बाङ्गाबास, शिवालय, भुमेचाैर र कादेशमा सम्पन्न भएकाे छ । जनभेटघाट तथा प्रचार कार्यक्रममा बागलुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार तथा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीले याे निर्वाचन ब्यक्ति बिशेषले जित्ने भन्दा पनि लाेकतन्त्रले जित्ने कि हार्ने भन्ने भएकोले लाेकतन्त्र र संविधानकाे रक्षाका लागि बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार लाई बिजयी गराउनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्र बहादुर थापाले गठबन्धनले स्थायी सरकार र दिगाे बिकाश दिन सक्ने भएकाेले गठबन्धनकाे बिकल्प नभएकाे बताउनु भयाे ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति तथा गण्डकी प्रदेश पर्यटन उद्योग तथा बाणिज्य मन्त्री मणिभद्र कँडेल, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, नेकपा माअाेबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, ने स पा का केन्द्रीय सदस्य चित्र सापकोटा, संबिधान सभा सदस्य रत्ना सेरचन, नेपाली काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार ज्ञान कुमारी श्रीस कँडेल, चम्पादेबि खडका, राष्ट्रिय जनमाेर्चा प्रदेश समानुपातिक उम्मेदवार पियारी थापा, नेकपा माअाेबादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार कुशुम बुढाले मन्तव्य राख्नु भएकाे थियो ।
कार्यक्रम पाँच दलिय गठबन्धन निर्वाचन परिचालन समिति काठेखाेला-८ का संयाेजक श्री सुर्य कँडेलकाे अध्यक्षता, चानसिङ श्रीसकाे सञ्चालन र दिल बहादुर छन्त्यालकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा पाँच दलिय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरीय नेता तथा कार्यकर्ताहरुकाे अातित्थ्यता रहेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?