
बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं ७ मा २०७९ कार्तिक १९ गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम रेशकाे देउराली, नुनथला, पिडल्नामा सम्पन्न भएकाे छ । जनभेटघाट तथा प्रचार कार्यक्रममा बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार तथा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीले जनताकाे अावाज संम्बाेधन गर्ने संसद नै २/२ पटक बिघटन गर्नेहरु फेरि कुन नैतिकता र के का लागि भाेट मागिरहेका छन । नेपाली जनता सचेत छन । नेपाली जनताले निरङकुशतालाई कहिलै पनि स्वीकार गरेनन् । याे निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराएर लाेकतन्त्र र संबिधान रक्षाकाे पक्षमा उभिन अनुरोध गर्नु भयाे ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्र बहादुर थापाले गठबन्धन संविधानकाे रक्षा, स्थायी सरकार, बिकाश र समृद्धिकाे लागि भएकाेले गठबन्धनका उम्मेदवारहरु लाई बिजयी बनाउनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, नेकपा माअाेबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, ने स पा का केन्द्रीय सदस्य चित्र सापकोटा, नेपाली काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार चम्पादेबि खडका, राष्ट्रिय जनमाेर्चा प्रदेश समानुपातिक उम्मेदवार पियारी थापाले मन्तव्य राख्नु भएकाे थियो ।
कार्यक्रम पाँच दलिय गठबन्धन निर्वाचन परिचालन समिति काठेखाेला-७ का गजेन्द्र कुँवरकाे अध्यक्षता, मन बहादुर थापाकाे सञ्चालन र प्रेम कार्कीकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा पाँच दलिय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरीय नेता तथा कार्यकर्ताहरुकाे अातित्थ्यता रहेकाे थियाे ।