बिहिबार, भदौ २६, २०८२

प्रचार प्रसार गर्दै गठबन्धन पुग्यो लिघा: उत्साहजनक सहभागीता

प्युठान । वाम लोकतान्त्रिक गठबन्धन प्युठानको टोली चुनाव प्रचार प्रसारका क्रममा आइतबार नौबहिनी गाउँपालिकाको लिघामा पुगेको छ ।

जनभेटघाट तथा घरदैलो अभियानसङ्गै टोली नौबहिनीको २ नम्बर वडाको लिघामा पुगेर आइतबार संयुक्त वाम लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता भेला सम्पन्न गरेको निर्वाचन परिचालन समितीले जनाएको छ ।

भेलालाई उम्मेदवार तथा गठवन्धन निकट पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका हक अधिकार बचाउन र प्रतिगमनबाट देशलाई जोगाउनका लागि मतदाताले वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई भोट हाल्नु पर्ने उल्लेख गरेका थिए ।

प्युठानमा वाम लोकतान्त्रिक गठवन्धनले चुनाव प्रचार प्रसार अभियान आक्रामक रुपले अगाडी बढाइरहेको छ ।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको प्युठानमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल, लुम्बिनी प्रदेश सभा सदस्यका लागि प्रदेश १ बाट माओवादीका कृष्ण अधिकारी ‘प्रकाश’ र प्रदेश २ बाट काँग्रेसका सरोज थापा (रोज राणा) को उम्मेदवारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?