मङ्लबार, बैशाख ४, २०८१

वाम लोकतान्त्रिक गठवन्धनलाई जिताउन डाक्टर गोबिन्दराज पोख्रेल र लीलामणि पोख्रेल प्युठानमा

प्युठान । नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिब लीलामणि पोख्रेल र नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रा.डा. गोविन्दराज पोख्रल यतिखेर प्युठान पुगेका छन ।

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा वाम लोकतान्त्रिक गठवन्धन प्युठानका उम्मेदवारहरुलाई विजयी बनाउनका लागि पोख्रेल द्वय यतिखेर प्युठान पुगेका हुन ।

उनिहरुले गठवन्धन प्युठानको विभिन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई प्युठानी जनताले विजयी वनाउनु पर्ने बताएका छन ।

सोमबार बिहान मात्रै उनिहरुले प्युठान नगरपालिका वडा नम्बर १, खैरामा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गरेको निर्वाचन परिचालन समितिले जनाएको छ । समितीका अनुसार उनिहरु जिल्लाका विभिन्न ठाउँमा हुने चुनावी कार्यक्रमलाई सम्बोधन गर्नेछन ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दुर्गा पौडेल, प्रदेश सभा १ का उम्मेदवार कृष्ण अधिकारी (प्रकाश) लगायत गठवन्धनका नेताहरुले मतदातासङ्ग मत माग्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

त्यसैगरी, प्युठान नगरपालिकाको पुण्यखोला भट्ट चोकमा भएको अर्को चुनावी कार्यक्रमलाई पनि नेता द्वयले सम्बोधन गरेका छन । त्यस कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्गा पौडेल, प्रदेश सभा २ का उम्मेदवार सरोज थापा (रोज राणा) तथा गठवन्धनका अन्य नेताहरुले सम्बोधन गरेको बताइएको छ ।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको प्युठानमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल, लुम्बिनी प्रदेश सभा सदस्यका लागि प्रदेश १ बाट माओवादीका कृष्ण अधिकारी ‘प्रकाश’ र प्रदेश २ बाट काँग्रेसका सरोज थापा (रोज राणा) को उम्मेदवारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?