शनिबार, मंसिर १७, २०७९

स्थीर सरकार र विकासका लागि गठवन्धनलाइ भोट : डा.गोबिन्दराज पोख्रेल

प्यूठान । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेलले स्थीर सरकार र विकास लागि गठबन्धन दललाइ मतदान गर्न आह्वान गरेका छन् । सोमवार गठवन्धन दलले प्यूठान नगरपालिका ७ पूण्यखोलामा आयोजना गरेको चुनावी सभालाइ सम्वोधन गर्दै पोख्रेलले देशैभरी गठवन्धन दलको लहर चलेकोले अवको पाँच वर्ष स्थायि सरकार बन्ने र विकासले गति लिने बताए ।
एमालेले प्राप्त उपलब्धिलाई समाप्त पार्ने खेल खेलेका कारण भोट दिन नहुने उनको भनाइ थियो।
“बिकासको मुल शर्त स्थीर राजनीति हो । राजनीतिलाइ जवसम्म सुधार गर्न सक्दैनौ तव सम्म विकासले गति लिन सक्दैन” पोख्रेलले भने, “हामी त्यही स्थायि सरकार र विकासका लागि गठबन्धन बनायका हौं । प्यूठान सहित देशभर गठबन्धको लहर आयको छ । यसले विकासको नेतृत्व लिने छ ।”
विकासको सामुहीक लक्ष्य लिएर पाँच दलिय गठवन्धन बनाएको उनले बताए । भोट सामान्य कुरा नभएर सार्वभौम अधिकार सुम्पीने हुदा सचेत भएर गठबन्धनका उम्मेदवारर्ला मतदान गर्न उनको आग्रह थियो । “यो गठबन्धनले राष्ट्रको निकास दिने छ । ढुक्क भएर मतदान गर्नुहोस”, पोख्रेलले भने । हरेक वर्ष वर्षमा चुनेका जनप्रतिनिधिलाइ राखेर वार्षिक प्रगतिका बारेमा सार्वजनिक सुनुवाइ गर्नु पर्ने उनको भनाइ थियो । चुनावी अभिानमा प्यूठान आएका पोख्रेलले पुण्यखोला संगै प्यूठान नगरपालिकाको खैरा बालमन्दीर र माण्डवी गाउँपालिका चकचकेमा आयोजीत अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गरेका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?