शनिबार, मंसिर १७, २०७९

गठवन्धनका उम्मेदवारलाई भोट माग्दै प्युठानको गौमुखी पुगे : डा.गोबिन्दराज पोख्रेल

प्यूठान । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेलले स्थीर सरकार र विकास लागि गठबन्धन दललाइ मतदान गर्न आह्वान गर्नु भएको छ ।
मंगलबार गठवन्धन दलले गौमुखि गाउँपालिकाको लिबासेमा आयोजना गरेको चुनावी कार्याकर्ता भेलालाई सम्वोधन गर्दै पोख्रेलले देशैभरी गठवन्धन दलको लहर चलेकोले अवको पाँच वर्ष स्थायि सरकार बन्ने र विकासले गति लिने बताउनु भयो ।
एमालेले प्राप्त उपलब्धिलाई समाप्त पार्ने खेल खेलेका कारण भोट दिन नहुने उनको भनाइ थियो केपि ओलिको उखान टुक्काले देशमा समृद्धि र बिकास नहुने भन्दै एमालेको भ्रममा नपर्न सबैलाई आग्रह गर्नु भएको छ।

“बिकासको मुल शर्त स्थीर राजनीति हो । राजनीतिलाइ जवसम्म सुधार गर्न सक्दैनौ तव सम्म विकासले गति लिन सक्दैन” पोख्रेलले भन्नु भयो, “हामी त्यही स्थायि सरकार र विकासका लागि गठबन्धन बनायका हौं । प्यूठान सहित देशभर गठबन्धको लहर आयको छ । यसले विकासको नेतृत्व लिने छ ।”

विकासको सामुहीक लक्ष्य लिएर पाँच दलिय गठवन्धन बनाएको बताउनु भयो। भोट सामान्य कुरा नभएर सार्वभौम अधिकार सुम्पीने हुदा सचेत भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनको आग्रह थियो । “यो गठबन्धनले राष्ट्रको निकास दिने छ । ढुक्क भएर संघमा दुर्गा पौडेल लाई गिलास र प्रदेशमा रोजराणालाई रुखमा मतदान गर्नुहोस”, उहाँको भनाइ रहेको छ।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार रोज राणाले एमालेले बिकास होइन गफ लाउदै हिडेको भन्दै आफुहरु प्युठानको साझा सवाल र समास्यालाई समाधान गर्न योजना बनाएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञमुराम न्यौपानेले गौमुखीमा एमालेको भन्दा गठबन्धन दलको दोब्बर मत रहेकोले आफ्ना मत जोगाउनु पर्ने उल्लेख गर्नु भएको थियो। उहाँले प्रतिगामी शक्तिलाई पराजित गर्नुको विकल्प नभएको बताउनु भयो।
गौमुखीका विभिन्न वाडबाट उपस्थित गठबन्धन दलका नेता, कार्यकर्ताको भेलामा सहभागिता रहेको थियो हो।

कार्यक्रमको अध्यक्षता निर्वाचन परिचालन समितिका संयोजक मधुराम के सीको रहेको थियो भने स्वागत मन्तब्य नेकपा माओवादी केन्द्रका नेता बैकुण्ठ बहादुर के सी र संचालन जुमान सिंह के सी ले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?