शनिबार, मंसिर १७, २०७९

प्रतिगमनलाई परास्त गर्न दुर्गा पौडेलको जित अपरिहार्य: डा. गोविन्दराज पोख्रेल

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेलले प्रतिगमनलाई परास्त गर्न गठवन्धनको जित अपरिहार्य भएको कुरा उल्लेख गर्नुभएको छ ।
प्युठानका विभिन्न स्थानमा भएका चुनावी भेटघाट कार्यक्रममा बोल्दै डा. पोख्रेलले स्थाई सरकार र विकासको लागि गठवन्धनका एकजना पनि उम्मेदवारलाई हार्ने छुट नभएको कुरा उल्लेख गर्नु भएको छ । उहाँले टिकट पाउनु अघि प्युठानमा आफ्नो दावी रहेपनि पार्टीहरु विच निर्णय भएपछि गठवन्धनलाई जिताउनु आफ्नो कर्तव्य भएको कुरा स्पस्ट गर्नु भएको छ ।
उहाँले प्युठानको प्रतिनिधिसभा सदस्यमा दुर्गा पौडेल, प्रदेशसभा क मा कृष्ण अधिकारी र ख मा रोज राणालाई जिताउन प्युठानी जनतालाई अपिल गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?