शुक्रबार, चैत्र १६, २०८०

रबिको स्वतन्त्र पाटी कास्की दुइमा अगाडि

निर्वाचन कार्यालय कास्की क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ वडा नम्बरबाट काेलपाटनकाे मतपेटिकाबाट गणना सुरु भएको हो ।

प्रतिनिधि सभा चुनावतर्फ ९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता छ । उनले अहिलेसम्म ३ सय ८९ मत प्राप्त गरेका हुन्। त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले २ सय ११ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय ४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्वणराज पन्तले १ सय २ मत प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal