शुक्रबार, चैत्र १६, २०८०

प्युठानबाट थापा बिजयी: पौडेलले देखाइन उच्च राजनीति संस्कार

प्यूठान । प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् ।
उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकको समर्थन पाएकी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
थापाले ४१ हजार ११८ मत पाए भने पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा एमालेका पाेलिटब्यूराे सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पाैडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् । पौडेलले २०७४ मा कांग्रेस नेता डा. गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन् । प्रतिनिधिसभामा यहाँ ८८ हजार ४७ मत खसेको थियो । त्यसैगरी राष्ट्रिय जनमोर्चाकि उपाध्यक्ष तथा प्रत्यासी दुर्गा पौडेलले उच्च राजनीति संस्कार देखाउदै प्युठान बाट प्रतिनिधि सभाको लागि चुनाव जितेका सुर्य थापालाई खादा र अबिर लगाइदेर जितको शुभकामना तथा बधाई दिंदै उच्च राजनीति संस्कार प्रदसन गरिकिछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal