
८ मंसिर, प्यूठान । प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मा र नेपाली कांग्रेसका रोज राणा विजयी भएका छन् ।
प्रदेश सभा १ शर्मा बिजयी हुँदा २ मा राणाले बाजी मारे ।
एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश)लाई २५८३ मत अन्तरले हराए । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ मत पाए ।
प्रदेश सभा २ मा नेपाली कांग्रेसका राणा १ हजार ७१२ मत अन्तरले विजयी भए । उनले २२ हजार ५१८ मत पाउँदा नेकपा एमालेका हरि रिजालले २० हजार ८०७ मत पाए ।
प्युठानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सूर्य थापा विजयी भएका छन। अन्लाईन खबर बाट